पुस्तक चर्चा: कहाँ गए ती दिनहरु-अम्बर गुरुङ

पुस्तक चर्चा: कहाँ गए ती दिनहरु
।। प्रभाकर गौतम ।।

kaha

‘कहाँ गए ती दिनहरु’ अम्बर गुरुङद्वारा चार दशकभन्दा लामो अवधिमा रचिएका प्रकाशित रचनाहरुको सङ्‍कलित कृति हो । यसमा संस्मरणात्मक, आत्मपरक र विषयपरक गरी जम्मा २६ वटा रचनाहरु परेका छन् । यसबाहेक शङ्‍कर लामिछाने र अगमसिंह गिरीले अम्बर गुरुङका बारेमा लेखेका दुईवटा लेखहरुलाई पनि एतिहासिक दस्तावेजका रुपमा भूमिकामा राखिएको छ । विभिन्न कालखण्डमा समकालीन साहित्य, बागीना, मधुपर्क, रुपरेखा, गोरखापत्र, कान्तिपुरलगायतका पत्रपत्रिकामा प्रकाशित यस पुस्तकमा रहेका रचनाहरुको सङ्‍कलन र सम्पादन युवा पत्रकार देवेन्द्र भट्टराईले गरेका छन् ।

स्वर, शब्द र सङ्‍गीत तीनै विधामा समानरुपमा सक्रिय गुरुङ नेपाली साङ्‍गीतिक क्षेत्रमा पूर्वीय र पाश्चात्य दुवै शैलीमा गहिरो ज्ञान राख्ने सङ्‍गीतज्ञका रुपमा परिचित छन् । जन्मथलो दार्जिलिङदेखि कर्मथलो काठमाडौँसम्मको आफ्नो लामो साङ्‍गीतिक यात्राका क्रममा उनले प्रवासी नेपालीको पीडादेखि नेपाली कान्छा-कान्छीको प्रेम प्रसङ्‍गलाई आफ्ना सिर्जनामा समेट्‍न भ्याएका छन् । उनी नेपाली साङ्‍गीतिक फाँटमा स्वर्णकालीन युग भनेर चिनिने कालखण्डका प्रतिभावान् श्रष्टा हुन् । भूपी शेरचन, शङ्‍कर लामिछाने, अगमसिंह गिरी, ईश्वरबल्लभ, वैरागी काइँला, हरिभक्त कटुवाल, नारायणगोपाल, अरुणा लामा आदिसँग साङ्‍गीतिक सहयात्रा गर्ने सुअवसर पाएका गुरुङमा उनका समकालीन कलाप्रेमी मित्रहरुको स्पष्ट प्रभाव भेटिन्छ । यो पुस्तकलाई अगमसिंह गिरी, शङ्‍कर लामिछाने र इन्द्रबहादुर राईका नाममा समर्पित गर्नाले पनि उनको साहित्यिक व्यक्तित्वहरुसँग स्थापित गहिरो सम्बन्धको महत्व खुल्छ । अगमसिंह, शङ्‍कर र भूपी त उनको सिर्जनात्मक क्षमतालाई उर्जा दिने मात्र नभई दुईचार घुट्‍को मारी दु:ख-सुख साट्‍ने अन्तरङ्‍ग मित्र नै थिए ।
मनभित्रका भावना र जीवनका अनुभूतिहरुलाई कहिले लहर त कहिले तरङ्‍मा ढाली सिर्जनात्मक आकार दिने क्रममा गुरुङले जन्मेहुर्केको ठाँउ मात्र होइन, आफूभित्रको कलाकारिता जोगाउन बेग्लै अस्तित्व खोजिरहेको सङ्‍घर्षरत परिवेश पनि त्याग्नु पर्‍यो । जुन एउटा कलाकारभित्रको संवेदनालाई कहिले उर्जा दिने त कहिले पीडा दिने कारण बन्न पुग्यो । यो कृति पनि त्यही उर्जा र पीडारुपी संवेदनाको उपज हो । यसमा सङ्‍कलित रचनाहरुमा ‘बन्दै रह्‍यो बाल्कोनी’, ‘एउटा तुच्छ सम्झना’, ‘गीत सुनाउनै सकिनँ’ क्रमश: शङ्‍कर, अगमसिंह र उत्तम कुँवरको मृत्युपश्चात् उनीहरुको स्मृतिमा रचिएका संस्मरणात्मक लेख हुन् । त्यस्तै ‘कहाँ गए ती दिनहरु’ शीर्षकको लेखमा चाहिँ लेखकले भूपी, शङ्‍कर र अगमसिंहका प्रसङ्‍गहरुलाई विषय बनाएका छन् । यो लेख जीवित छँदै कलाकार वा स्रष्टाहरुको महत्व नबुझ्ने र सही मूल्याङ्‍कन नहुने तर मृत्युपछि उनीहरुलाई महान् घोषित गरिने परिपाटीमाथिको व्यङ्‍ग्यसमेत हो । ‘फज्लु भैया’ र ‘हिरो र आश्वासन’ पनि व्यक्तिलाई केन्द्रबिन्दु बनाई रचिएका लेखहरु हुन् । यी यस्ता साधारण पात्रहरु हुन् जसले उनको मनमा मात्र नभई सिर्जनामासमेत गहिरो प्रभाव पारेका छन् ।

मानव-हृदयभित्रका स्वच्छ भावना र मानवीय संवेदनालाई सङ्‍गीत वा सिर्जनाको प्रमुख स्रोत मान्ने गुरुङका लागि गीतसङ्‍गीत गाएर छोडिदिने विषय मात्र होइन भन्ने कुरालाई ‘सङ्‍गीत र उत्तरदायित्व’, ‘हारमोनियम: प्रसिद्ध अभागी बाजा’, ‘अन्तर्वार्ता अनुभव’ ‘जीवनजत्तिकै नजिक !’ ‘सङ्‍गीतमा प्रविधीकरण’, ‘इच्छुकलाई शुभेच्छुकको पत्र’, ‘शास्त्रीय गायन’, ‘किन म सङ्‍गीत गर्छु ?’ जस्ता लेखमा व्यक्त गम्भीर विचारहरुले पुष्टिसमेत गरेका छन् । विश्वसङ्‍गीतका हस्तीहरुको सङ्‍घर्ष र सफलता-असफलताका दृष्टान्तहरु बुनेर नेपाली परिप्रेक्ष्यमा रचिएको ‘सङ्‍गीत र उत्तरदायित्व’ शीर्षकको लेखमा नेपालमा विदेशी स्रष्टाका सिर्जना तथा रचनाहरु पढ्‍ने पर्याप्त अवसर र वातावरण नहुनु पनि नेपाली सङ्‍गीतको विकास वा विस्तार नहुनुको एउटा प्रमुख कारण मान्दै उनी भन्छन्, ‘यहाँनेर यो कस्तो विडम्बना भने उनीहरु पहिला रिकर्ड अथवा प्रदर्शनी क्रिया सुन्छन् र त्यसबारे रिभ्यू आदि लेख्छन् र हामीहरु ती बासी रिभ्यूहरु पढ्‍छौँ, मात्र पढ्‍छौँ, सुन्न पाउँदैनौँ ।’ त्यस्तै ‘सङ्‍गीतमा प्रविधीकरण’ शीर्षकको लेखमा उनले केवल लोकसङ्‍गीतलाई विशुद्ध नेपाली सङ्‍गीत मानेर नेपाली सङ्‍गीत क्षेत्रको विकास नहुने तर्क अघि सार्दै भनेका छन्, ‘लोकसङ्‍गीत पूर्णरुपेण सङ्‍गीत व्याकरणकै हिसाबले पनि सानो छ, कारण यसको परिवेश जुनसुकै हिसाबले पनि सानो छ । सानो र सरल हुनु नै वास्तवमा लोकसङ्‍गीतको मौलिकता तथा सौन्दर्य पनि हो तथापि लोकसङ्‍गीतले मात्र साङ्‍गीतिक सभ्यता तथा संस्कृतिलाई समृद्धशाली पार्न सक्दैन ।’

यसबाहेक ‘अन्तर्वार्ता र अनुभव’ र ‘सुनको तारा खसाउने गीत’ शीर्षकका लेखहरुमा गुरुङले सर्जक भएका कारणले मात्र भोग्नु परेका तिक्तताहरु ओकलेका छन् जुन निकै मार्मिक लाग्छन् । अन्तर्वार्ताकारका सूत्रात्मक प्रश्नहरुदेखि आजित गुरुङ अन्तर्वार्ता दिँदा भनेको कुरा र प्रकाशित भएपछिका कुराहरुमा हुने हेरफेरले कलाकारहरु ‘बलिको बोको’ हुनुपरेको गुनासो पोख्दै भन्छन्, ‘अन्तर्वार्ता नदिउँ त आफू अहङ्‍कारी, असामाजिक र असहयोगी ठहरिने ! दिउँ भने आफ्नो बँचेखुँचेको छवि नै चौपट हुने !’

स्रष्टालाई आफ्नो सिर्जनाप्रति नराम्रो हुँदाहुँदै त मोह हुन्छ भने झन् सबैले रुचाएको आफ्नो सिर्जनालाई अरु कसैको नाममा सुन्नु/पढ्‍नुपर्दाको दु:खद अनुभूति कस्तो हुन्छ होला ? गुरुङको ‘सुनको तारा खसाउने गीत’ शीर्षकको लेख पढ्‍दा प्रष्ट हुन्छ । सन् १९६८ तिर गुरुङको शब्द/सङ्‍गीतमा नारायणगोपाल र अरुणा लामाले गाएको ‘ए कान्छा मलाई नको तारा खसाइ देउ न…’ बोलको गीतलाई पासाङ वाग्बलको शब्द भनी ‘सङ्‍गीत माधुरी सम्झाउनी’ नामक स्मारिकामा पढेपछि उनले यस गीतको प्रसङ्‍ग कोट्‍याउन बाध्य भएको उल्लेख गरेका छन् । अझ तीसको दशकमा रेडियो नेपालमा रेकर्ड भएको नारायणगोपालको स्वर र गुरुङकै शब्द/सङ्‍गीत रहेको ‘मेरो आँखामा राख्ने फूलबारी छैन…’ बोलको गीतसमेत कवि एवं गीतकार हरिभक्त कटुवालको नाममा बज्ने गरेकोले पनि उनलाई लेख लेख्न बाध्य बनाएको भन्छन् उनी ।
वास्तवमा यो लेख उनको पीडा मात्र नभई नेपाली सङ्‍गीत क्षेत्रमा विद्यमान प्रतिलिपि अधिकारको अवस्था र यसप्रति स्वयं स्रष्टाहरुको निरीहता एवं निष्क्रियता झल्काउने रचना पनि हो । नेपाली साङ्‍गीतिक फाँटमा योग्य व्यक्तिहरुको कमी नभए पनि यस क्षेत्रमा भएका समस्या र सम्भावनाहरुबारे गम्भीर रुपमा कलम चलाउने व्यक्तिहरुको खाँचो रहेको अवस्थामा यो पुस्तक सहायक हुने आशा गर्न सकिन्छ । तर सम्पादित कृति भएर पनि शुद्धाशुद्धीमा पर्याप्त ध्यान दिइएको देखिँदैन । पुस्तकमा ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रको विकास र विस्तारले साङ्‍गीतिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको छैन । जुन पुस्तकको कमजोर पक्ष हो । तथापि, पुस्तक सुगम सङ्‍गीतका नयाँ-पुराना पुस्ताका लागि उपयोगी छ नै, साहित्यिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

पुस्तकः कहाँ गए ती दिनहरु (संस्मरण/निबन्ध)
संस्करण २०६३
प्रकाशक- रत्न पुस्तक भण्डार, पृष्ठ- २४+१००

Nepal Literature Festival 2016 Schedule

This year’s Nepal Literature Festival is set in Pokhara starting from Magh 15-18 (January 29-February 1st) at Pokhara Tourism Board. International speakers for this literary extravaganza will include Barkha Dutt, Uday Prakash and Ira Trivedi.

The detailed schedule of Nepal Literature Festival 2016 can be found on the festival’s website at http://nepalliteraturefestival.com/ This year’s festival is set to be even more exciting with some captivating sessions such as हिरो हुनुको अर्थ, वक्ता : राजेश हमाल, दयाहाङ राई, INDIA IN LOVE – Richa Bhattarai in conversation with Ira Trivedi, TWISTING TONGUES: THE BALANCING ACT BETWEEN ENGLISH AND NEPALI WRITING with Pranaya Rana, Prawin Adhikari, Rabi Thapa to name a few.

A glimpse of Nepal Literature Festival 2014 can be found here.

Release of Dr. Saroj Dhital’s book on Magh 11

Sangri-la Books Saroj Dhital

Dr. Saroj Dhital’s book “Ujjyalaka biu” will be available in the market from Magh 11. The book is published by Sangri~La Books.

शब्दचित्र ‏@Sabdachittra tweeted on Jan 5 ९ महिनाको मिठो मिहिनेतपछि मख्ख ‘किताब कार्यदल’ । माघ ११ को प्रतिक्षा । जय होस् । @ManiWrites @UhiSaroj @bimalaarohi

Dr. Saroj Dhital's new book

The book will officially launch at Nepal Academy at 2pm. Everyone is welcome to attend this book launch.

Image source: Mani Sharma

फिरफिरे शनिबारदेखि बजारमा :)

Buddhi Sagar book Phirphiree Firfire

On January 19, Buddhi Sagar tweeted फिरफिरे शनिबारदेखि बजारमा :)

With this tweet, it brought anxious readers an exuberant amount of excitement. Some of the readers tweeted right away after the author’s tweet.

Rita Thapa ‏@bheribas tweeted: @buddhisagar @Jaw_Knock @ekantipur_com @buddhisagar Loved d Fir Fire. felt acutely home sick.Cannot wait to buy-read ur Fir Fire. CONGRATS.

veneeta @vskath tweeted: @buddhisagar @ekantipur_com Dherai, dherai badhai chha, Buddhisagarji. Euta signed copy ko aas ma chhu.

एउटा कथा ‏@eutaKatha tweeted: @buddhisagar राम्रो रहेछ भिडियो । किताब नि पक्कै राम्रो होला ! शुभकामना ! @ekantipur_com

Firfiree will be officially launched on Saturday, Magh 9, 2072 at 2pm at Nepal Academy, Kamaladi.

STAY TUNED FOR SPECIAL OFFERS ON Firfiree!!!

Above tweets were taken from this link: https://twitter.com/buddhisagar/status/689379122502508544

पुस्तक चर्चा : जीवन काँडा कि फूल- झमक घिमिरे

पुस्तक चर्चा : जीवन काँडा कि फूल
।। प्रभाकर गौतम ।।

Jeevan Kada_Jhamak
एक दशकभन्दा लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेकी झमकका सृजना तथा लेख रचनाहरु पढेका धेरैमा पक्कै पनि उनकै जीवनको बारेमा जान्ने रहर थियो । हिँडडुल गर्न नसक्ने बोल्न नसक्ने आँखा पनि धमिलो देख्ने केवल सुन्न मात्र सक्ने झमकको जीवन र दुर्लभ प्रतिभाका बारेमा जान्ने सम्भवतः मजस्ता धेरैमा उत्सुकता थियो । ‘जीवन काँडा कि फूल’ कृतिले त्यो पूरा गरिदिएको छ । प्रकाशक ‘अनलाइन साहित्य मञ्च’ र ‘झमक घिमिरे साहित्यकला प्रतिष्ठान’ लॆ यो अवसर जुराइ दिएको हो । यो संग्रहमा सङ्गृहित विभिन्न ४७ शीर्षकमा समेटिएका आत्मपरक निबन्धहरुले झमकको जीवनका आन्तरिक र बाह्य पक्ष उजागर गरेका छन् । यो कृति उनको असामान्य जीवनयात्राको कथा हो । जहाँ खुसीभन्दा आँशु बढी छ तर पनि यो निराशाको हैन आशा र संघर्षको कथा हो ।

‘खुट्टाले लेख्ने लेखक’ का रुपमा झमकलाई चिन्ने सबैमा एउटा स्वाभाविक जिज्ञासा जन्मिन्छ उनले पढ्न-लेख्न कसरी सिकिन् र उनलाई साहित्य पढ्न केले प्रेरित गर्यो ? ‘आशाको त्यो त्यान्द्रोसम्म’, ‘आशाका किरणहरु ‘अक्षरसँग पलाएको हर्ष’, ‘शब्दको उत्सव’ पुस्तक संसारमा प्रवेश’ आदि शीर्षकहरुमा यस्ता जिज्ञासाको उत्तर समेटिएको छ । झमकको बालापनका थुप्रै मार्मिक र रोचक कुराहरु पनि यी लेखहरुमा पाइन्छ । आफ्नी बहिनी स्कूल गएको र बाबाले उनलाई घरमै पढाएको देख्दा उनमा पनि पढ्ने रहर पलाएको हो । तर उनले आफ्नो रहर पूरा गर्न निकै सकस बेहोर्नु पर् यो । उनको रुचि र बालमनोविज्ञानको बेवास्ता नगरी उनका बाबाले बरु उल्टै हप्काए ‘तैले जानेर के गर्नु ?” ( पृ. ४२) । तर उनले बहिनी पढ्ने ठाउँभन्दा टाढै बसेर बाबाले थाहै नपाउने गरी पढ्ने अभ्यास गरिन । उनी लेख्छिन् ‘मेरा लागि खुल्ला धरती अभ्यास-पुस्तिका बन्यो । यहाँका ढुङ्गा माटा अनि खुट्टाका मसिना आंैलाहरु पेिन्सल र इरेजरहरु बने ।’ भौतिक रुपमा मुखबाट शब्द उच्चारण गर्नबाट वञ्चित झमकमसँग भोक थियो तर भोक लाग्यो भन्ने आवाज थिएन प्यास थियो त्यसको अनुभूति पनि थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । यसरी माध्यम खोज्ने क्रममा उनी अक्षरहरुको संसारमा पुगिन् । यद्यपि अरुलाई जस्तो उनका लागि यो यात्रा सहज थिएन । प्रस्तुत पुस्तकले झमकका तिनै असहज यात्राहरुको कथा बोलेको छ ।

पुस्तकको पहिलो खण्ड अत्यन्तै मार्मिक र हृदयस्पर्शी छ । आफ्नै दृढ इच्छाशक्तिका भरमा अक्षर सिकेकी तिनै केटीले स्वाध्यायनका भरमा लेखेको पुस्तक पढ्दै छु भनेर सोच्दा अपत्यारिलो लाग्छ । झमकको जीवन आफैमा एउटा कथा (व्यथा) हो । शारीरिक रुपमा अशक्त भएकैले उनले प्रशस्त मानसिक समस्या पनि भोग्नुपर् यो । लेखकका रुपमा आफ्नो चिनारी बनाउन सफल हुनुपूर्व उनको परिवार र आफन्तजनबाट पनि उनले उपेक्षा मात्र पाइन् । उनले विभिन्न सन्दर्भमा अभिभावकबाट धेरै चुटाइ खाएको उल्लेख गरेकी छन् । जुन निकै दुःखद् पक्ष हो । बहिनीको माया पाएकोमा झमक उनीप्रति कृतज्ञ छिन् । त्यसैले पुस्तकमा परिवारका सदस्यहरुको व्यवहारप्रति उनले तीव्र असन्तोष प्रकट गरेकी छन् । तथापि आमा र बाबाको तिरस्कारलाई उनले व्यक्तिगत तहमा भन्दा सामाजिक मूल्य-मान्यतासँग जोडेरी हेरेकी छन् । ‘समाजको दृष्टिमा अपाङ्गता’ शीर्षकअन्तर्गत शारीरिक रुपमा अपाङ्ग भएकाहरुप्रति मानिसहरुको नकारात्मक दृष्टिकोण र व्यवहारको चर्चा गर्दै आफूले त्यस्तो दृष्टिकोण चिर्न गरेको संघर्षबारे उल्लेख गरेकी छन् । आफ्नै दृढ अठोटको जगमा स्वाध्ययन गरेकी झमकले साहित्यिक सांस्कृतिक राजनीतिक लैङ्गिक आदि थुप्रै विषयमा कलम चलाएकी छन् । लैङ्गिक विभेद धार्मिक-सांस्कृतिक रुढिवाद निरंकुशता युद्ध िहंसा आदिको उनी प्रखर विरोधी हुन् । महिला उत्पीडनका पछाडि उनी धर्म अन्धविश्वास र परम्परागत मान्यतालाई कारक मान्छिन् । पितृसत्तात्मक संरचना बदल्नुपर्ने मत राख्छिन् । यस मानेमा उनी प्रगतिशील विचार राख्छिन् । नेपालको सांस्कृतिक पछौटेपनाप्रति पनि उनको गहिरो चिन्ता छ । माक्स्रवादी दर्शनप्रति झुकाव भएकी झमकका लेखहरुमा नेपाली समाजको रुढिवादी संस्कार र धार्मिक अन्धविश्वास चिर्नमा लेखकका रुपमा आफ्नो पनि अहम् भूमिका हुनुपर्ने दायित्वबोध र आग्रह झल्किन्छ । पारिजातका लेखनबाट विशेष प्रभावित झमक मृत्युपछिको संस्कारजन्य कर्मकाण्डीय कुराहरुमा विश्वास गर्दिनन् । “मृत्युले लगेपछि पनि लासलाई कुनै धर्मको कात्रो नओढाइयोस् कि्रयापुत्री पनि नबसाइयोस् लासमाथि दागबत्ती नदिइयोस् (पृ. २४९)” उनको आग्रह छ ।

झमक समाज रुपान्तरणमा लेखकको विशेष भूमिका हुने मत राख्छिन् । र यही मान्यताका कारण द्वन्द्वका बेलामा आफूले स्वतन्त्र विचार राख्ने जमर्को गरेको विश्वास छ । तर त्यो बेला सरकारी र विद्रोही दुवै पक्षबाट भएका हत्या-िहंसाका घटनाको निन्दा गर्ने काम चुनौतीपूर्ण भएकोले आफूले पनि विभिन्न धाकधम्कीको सामना गरेको उनको अनुभव छ । स्वतन्त्र लेखकका रुपमा कलम चलाउन संकटकालका समयमा राज्यपक्ष र विद्रोही पक्ष दुवैको मारमा आफू पनि परेको तिक्त अनुभव छ । ‘कान्तिपुर’ दैनिकमा स्तम्भकारसमेत रहेकी झमकले ‘कलम र मृत्युको सन्त्रास’, ‘बन्दुकसँग शब्दको परेड’ आदि निबन्धहरुमा उक्त अनुभूतिहरु पोखेकी छन् । यसबाहेक ‘संकटकाल र सन्त्रस्त समय’ ‘धनकुटा जल्यो’ ‘रगताम्य समयसँग स्तब्ध मन’ लगायतका शीर्षकअन्तर्गत द्वन्द्वकालीन नेपाली समाजको त्रासदीको वर्णन समेटिएको छ ।

पुस्तकमा स्वाभाविक रुपमा खड्किने पक्षहरु पनि छन् । उनको कथा तिथि मितिका आधारमा सिलसिलाबद्ध छैन । भाषा सरल छ तर पूर्णविराम र अल्पविरामहरुको यथोचित प्रयोग हुन सकेको छैन । एउटै शीर्षकअन्तर्गत राख्न सकिने कुराहरुलाई बेग्लाबेग्लै शीर्षकमा निबन्धात्मक शैलीमा लेखिएकाले थुपै्र कुरा दोहोरिएका पनि छन् । त्यसैले पुस्तकको पछिल्लो खण्ड केही पट्यारलाग्दो बनेको छ । धेरै ठाउँमा लेखकभित्रको ‘म’ भाव हाबी भएको भान हुन्छ । यसलाई सम्पादनको कमजोरी पनि मान्न सकिएला । सबैभन्दा अन्योल चाहिँ झमकले आफ्ना आमाबाबुप्रति राख्ने दृष्टिकोण नै प्रस्ट हुँदैन । एकातिर उनीहरुको व्यवहारप्रतिको उनमा तीव्र असन्तुष्टि छ रोष छ र अर्कोतर्फ उनी आफ्ना अभिभावकप्रति कृतज्ञ पनि छिन् ।
पुस्तकमा झमकका बारेमा धेरै अन्तरङ्ग प्रसङ्गहरु पनि छन् । ‘टालेका पाइजामा र लाज’ र ‘ऋतुधर्म र बैँस’ मा मुख्यतः उनको किशोरावस्थाको यौन मनोविज्ञानको उद्घाटन भएको छ । शारीरिक जटिलताका कारण किशोरावस्थाको उनको मनोदशा पृथक छ । उनमा पनि बैँस आएको थियो तर फरक हिसाबले । “मलाई दश÷एघार वर्षको उमेर हुँदासम्म लाज सरम के हो थाहै थिएन …। यो कारणले पनि मेरा सम्पूर्ण लुगा कपडाहरु अरुले नै लाइदिनु फुकालिदिनुपर्ने र नुहाइदिनुपर्ने भएको हुनाले लाज सरम मानेर साध्य पनि छैन ।” उनी विद्रोही स्वाभावकी भएकाले ऋतुधर्मको अवधिमा दाजुभाइको मुख हेर्नु हुँदैन नत्र अशुभ हुन्छ भन्ने आमाको आदेशको यसरी अवज्ञा गरिन् “आज मैले तिम्रो छोरालाई छोएर हेरेर उसको आयु स्वात्तै कसरी घट्दो रहेछ ? ऊ कसरी मर्दोरहेछ ?” उनको यो प्रश्न आमालाई मात्र हैन हाम्रो परम्परागत रुढिवादी समाजलाई हो । ‘रङ्ग कुची र क्यानभास’ ले कविता निबन्ध कथा आदि लेख्ने झमकको अर्को व्यक्तित्व पनि बाहिर ल्याएको छ । आफ्नै निबन्ध सङ्ग्रह ‘बेमौसमका आस्थाहरु’ मा उनले आफ्नो आवरण चित्र कोरेकी छन् ।

अहिले साहित्यकार र समीक्षकहरुमा झमकको तारिफ गर्ने र उनलाई पुरस्कृत गर्ने होडबाजी चलेको देखिन्छ । निःसन्देह झमकको उचित मूल्याङ्कन हुनु राम्रो हो । तर हाम्रो समाजमा एक हैन हजारौँ झमकहरु छन् जसलाई हाम्रो समाजले अझै तिरस्कार गरिरहेको छ । प्रोत्साहित गर्नुको साटो उपेक्षा गरिरहेको छ । एक जना झमकप्रति सबैको ध्यान हुनु तर अन्य हजारौँ झमकहरुलाई बेवास्ता गरुन्जेल झमकको पनि सम्मान नभएको ठहर्छ । तसर्थ झमकको कृति हाम्रो समाजको संकुचित दृष्टिकोणलाई फराकिलो बनाउने एउटा माध्यम बन्न सकोस् ।

“मैले हात चलाउन खोजेँ सकिनँ । हातका औँलाहरुसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेनछ । ओठहरु जमजमाए तर कुनै शब्द वा वाक्य निस्केन । खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन…।” यसरी प्राकृतिक रुपमा आफूलाई ठगिएको पाएकी झमकले जीवनमा नपाएका अवसरहरुको स्वयंले सिर्जना गरेकी छन् । काँडाभन्दा फूलको आयु छोटो हुने भए पनि फूल सुन्दर हुन्छ । त्यसैले उनले काँडारुपी जीवनलाई फूल बनाएकी छन् । मदन पुरस्कार उत्तम शान्ति पुरस्कार पद्मश्री पुरस्कार शंकर लामिछाने निबन्ध पुरस्कार गुाजन पुरस्कारजस्ता धेरै पुरस्कारबाट सम्मानित भइसकेको यो कृति अङ्ग्रेजीमा अनुवाद भएमा अझ लोकपि्रय हुने निश्चित छ ।

पुस्तक : जीवन काँडा कि फूल
लेखक : झमक घिमिरे
विधा : आत्मजीवनीपरक निबन्ध
प्रकाशक : अनलाइन नेपाली साहित्य मञ्च / झमक घिमिरे साहित्यकला प्रतिष्ठान
पृष्ठ : २९ + २५०
मूल्य : २५०

– प्रभाकर गौतम
http://meeprabhakar.blogspot.com

Book review of Ekadeshma, Story Collection

Ekadeshma by Nirmal Thapa

Ekadeshma is a collection of short stories. This book comprises 15 different stories, all with differentphilosophies of life of an individual.The book deals with the quiet telling of ordinary people living ordinary lives under ordinary circumstances. Some stories are wrought with pain while some are quite normal. Each chapter stands alone as a self-contained drama. Each story concerns one of the characters who are trying to discover the meaning and depth to their life.

At times provocatively irreverent, though always honest and insightful, Thapa chronicles ordinary absurdities of life while addressing the bigger questions:

Is there a way to balance passion and obligation?
How do we know we’re living the lives we’re meant to live?
How do we know we’re happy?

In these stories we see: an unemployed man getting inspired by a little girl; An insight to today’s world from the perspective of a son looking at his father; A husband who tries to adjust and make sense out of his wife’s domestic violence towards him; Feelings of a young man after he has a one night stand; The point of view of a person after the death of his favorite writer “Gulab”;the ironical life of a writer; An encounter with Chand ji with whom the writer bonds at a local bar; The writer’s make believe of the stance of a person—whose love remained unrequited—and his life after he dies and reaches heaven.

There is also a story about a painter whose life changes as he falls in love with a lady. In Saransh, we get to comprehend the author’s summation of his theories on the world while we also get to see the life of Puja, a girl who gets married into a conservative family, and how her frustration prompts her to undertake a pilgrimage to Sai Baba. Karnali ko tirai tir is the homecoming story of a man who stays in Kathmandu and the people he meets during his journey to his village on the Karnali Bridge.

Prithvi ko Nepal, the story of the great king Prithvi Narayan Shah, depicts him uniting Nepal and making it a single strong country. Trilochannath’ s story is also there and is all about his journey from a rebel to an ascetic while Mere Jiwan is the author’s own reflections on life.

Some of these stories will make you cry out loud, others will press the heart; if you are a middleclass Nepalese citizen you will recognize yourself on every page. All in all, the book is a delightful experience. Although some chapters are tedious and the book has its share of loopholes, you will end up having a good time. In case you have a good knowledge of Nepali, you will thoroughly enjoy this book. If not, you are going to get muddled up at some point.

Book review by Shreya Pokhrel

Book Discussion on “Lost in Transition” on Jan. 19

Lost in Transition by Kul Gautam

There is a book discussion on Kul Chandra Gautam’s “Lost in Transition” at South Asian University, New Delhi on January 19 from 11am-1pm.

Kul Chandra Gautam was the Former Assistant Secretary General of the United Nations and Deputy Executive Director of UNICEF. His debut book “Lost in Transition: Rebuilding Nepal from the Maoist Mayhem and Mega Earthquake” is published by Nepalaya Publications.

If you are interested in attending this book discussion, please contact the Department of International Relations at South Asian University, New Delhi. The panel discussion will definitely be lively and insightful.

UPDATE: There is a venue change for this event. Please visit this link for the new venue. https://twitter.com/shakyanepal/status/688288338751520768

Image source: @ShashiTharoor Twitter page

Nepal Literature Festival goes to Pokhara in 2016

Nepal Literature Festival 2016

This year’s Nepal Literature Festival will be in Pokhara. The previous four editions of the literary festival all had taken place in Kathmandu.

This year’s festival will take place from Magh 15-18 (January 29-February 1st) at Pokhara Tourism Board. International speakers for this literary extravaganza will include Barkha Dutt, Uday Prakash and Ira Trivedi. If you are wondering what happens at Nepal Literature Festival, here is a blog from a participant last year. You can also visit Nepali Bytes YouTube channel for videos from previous literary festivals here.

Register for updates on the festival at Nepal Literature Festival website.

“बूकाहोलिक्स चकटी बहस ” को २४ औं संस्करण

चकटी बहसमा यसपाली  पुस्तकबाहेक विभिन्न विषयगत छलफललाई पनि स्थान दिईने भएको छ | सोहि क्रम मा  यस पटकको चकटी बहसमा ”साहित्यको राजनीति, राजनीतिको साहित्य” शीर्षकमा चर्चा हुनेछ । छलफलमा पुस्तक पठन र लेखनका विविध आयामबारे चर्चा गरिनेछ ।
पण्डित : भास्कर गौतम, अध्येता, मार्टिन चौतारी
मिति : २०७२ पुस १८ (२ जनवरी, २०१६)
स्थान : मार्टिन चौतारी, थापाथली
समय : दिउँसो २-४ बजेसम्म

chakati cover

“गणतन्त्रको संघर्ष : नेपालको समकालीन इतिहास ” पुस्तक को विमोचन कार्यक्रम

प्रशान्त झा द्वारा लिखित तथा उज्ज्वल प्रसाईं द्वारा अनुदित पुस्तक “गणतन्त्रको संघर्ष : नेपालको समकालीन इतिहास ” को विमोचन यहि आइतवार दिउँसो  २ बजे देखि प्रज्ञा प्रतिष्ठान डबलीमा हुन गईरहेको छ | उक्त कार्यक्रम मा वक्ताका रूपमा महन्त ठाकुर जी र प्रदिप गिरि ज्यु लाई आमन्त्रित गरिएको छ | साथै टिप्पणीकारको रुप मा नारायण वाग्ले ज्यु र सुरभी पुडासैनी ज्यु  लाई निम्त्याईएको छ | कार्यक्रम को जानकारी  फाइन प्रिन्ट्सका अजित बराल को फेसबुक पेज बाट प्राप्त भएको हो |

कार्यक्रम कभर
कार्यक्रम कभर

 

“Lost in Transition” launched by Nepalaya Publications

Kul C. Gautam’s debut Book “Lost in Transition: Rebuilding Nepal from the Maoist Mayhem and Mega Earthquake” was recently launched by Nepalaya Publications.

Kul Chandra Gautam is a former Assistant Secretary-General of the United Nations and Deputy Executive Director of UNICEF. He has extensive experience in socio-economic development, humanitarian assistance, human rights and international diplomacy. In his three decades plus of career with the United Nations, Gautam has had extensive dealings with senior levels of donor governments, development agencies, NGOs and the corporate sector in policy dialogue, advocacy and resource mobilization.

He is the winner of several awards, including the Audrey Hepburn Humanitarian Award (2008).

Video source: Nepalaya Publication
Text source: Wikipedia

साताको साहित्य पुरस्कार

स_त_

साताको साहित्य पुरस्कार विजयता नवराज पराजुलीलाई एक समारोह गरी प्रदान गरिने भएको छ | कवि नवराज पराजुलीलाई उनको कविता ‘सगरमाथाको गहिराइ’ को लागि सो पुरस्कार दिने घोषणा गरिएको थियो |

कार्यक्रम को बिस्तृत विवरण:

“साताको साहित्य पुरस्कार वितरण समारोह – २०१५”
मिति : २०७२ मंसिर २६ गते, शनिबार
स्थान : शिल्पी थिएटर, बत्तिसपुतली
समय : दिउसो १:३० बजे
नारा : (असल साहित्यकारले पुरस्कार र सम्मान होइन, पुरस्कार र सम्मानले असल साहित्य र साहित्यकारको खोजी गर्नु पर्दछ । साताको साहित्य पुरस्कार एउटा सानो प्रयास मात्र हो ।)

बुकाहोलिक्स ‘चकटी बहस’ को २ वर्ष लेखक, पाठक, प्रकाशक संग

Bookaholics event

बुकाहोलिक्स विगत ४ बर्षदेखि पुस्तक पढ्ने र त्यसबारे छलफल गर्ने अनौपचारिक समूह हो। फेसबुकमा अनलाइन छलफलबाट शुरु भएको बुकाहोलिक्सले छलफल अभ्यासलाई फराकिलो बनाउँदै २ वर्ष यता हरेक अंग्रेजी महिनाको पहिलो शनिबार पुस्तक बिशेष छलफल ‘चकटी बहस’ आयोजना गर्दै आएको छ।

‘चकटी बहस’ लेखक, पाठक, प्रकाशक आदिको जमघट हुने थलो हो । पठन संस्कृतिको प्रवद्र्धन गर्दै नयाँ पुराना पुस्ताका लेखक पाठकबीच अन्तरक्रिया गर्न सघाउने उद्देश्यले शुरु भएको चकटी बहस २ वर्ष पुग्नै लागेको अवसरमा विशेष छलफल आयोजना गरिँदै छ । बुकाहोलिक्सको आगामी कार्यक्रम बहसको दुई वर्षे यात्रा बिशेष हुने भएको जानकारी गराएका छन् । सम्पूर्ण सदस्यलाई कार्यक्रममा सहभागीता जनाइदिनु हुन र आफ्ना मत/अनुभव साट्न अनुरोध गरिएको छ ।

विवरण:
पण्डित: मोहन मैनाली (लेखक) मनिषा गौचन (लेखक), मणि शर्मा(प्रकाशक- साङ्ग्रिला बुक्स) र शिव अर्याल (पाठक)
मिति- २०७२ मङ्सिर १९, शनिबार (५ डिसेम्बर, २०१५) दिउँसो २-४ बजे
सहजकर्ता: सगुना शाह / प्रभाकर गौतम
स्थान: मार्टिन चौतारी , थापाथली
https://www.facebook.com/events/106648603037981/?ref=46

Image source: Facebook event page

नवक्षितिज: आशाका किरण – संस्कृति बुझौं, सद्भावना बढाऔं

Special event at St. Xavier's College

Our team is participating in the नवक्षितिज: आशाका किरण event tomorrow at St. Xavier’s college.

Universal Solidarity Movement (USM) in association with Alumni of St. Xavier’s College is organizing this special event. The event is being organised with the goal of raising funds for supporting the earthquake affected schools of Dolakha district.

Nepali Bytes has a book stall where you can buy exclusive titles at reasonable rates. Part of the sales of the books goes to the fundraising. Each book purchase includes a Nepali Bytes book bag made out of lokta paper. Do visit our stall at the event for more items and information.

Tickets are available for all Xavierians and Alumni. Limited tickets will be available for outsiders via pre-booking. More details can be found on the event Facebook page-https://www.facebook.com/events/1131133746904841/

Image source-Event Facebook page