“अन्तिम पत्र”- Santosh Basyal- कविता

मायाको मुहान
अनी माया पलाउने मुटुहरुमा
जनै अल्झेजस्तै अल्झिने बिश्वासघातीहरु
यो शताब्दीमा मान्छे नमर्दै
चितामाथी फालिदिने फुलको माला उनिसक्छन ।

धन र सुखका लागी आफैले खनेको
मनको ईनार पुर्नेहरु
र बाचाँलाई चाडै भुलिदिनेहरु
मन फेरी फर्किएला की भनेर डराउछन ।

तिम्रा मनको भित्तामा
भुल्न खोजेर बाकी रहेका
मेरा केही यादहरुको शेषलाई
नष्ट गर्न
तिमी एेना अगाडी लम्पसार
परेर दुखी हुन्छ्यौ ।
तिमिले खसालेको आशुले
म संबेदनहिन पराईको मन
पटकपटक सिञ्चित
भईरहन्छ,तिम्रै आदेश बमोजिम ।।

जब म मर्छु
सधैका लागी
सबैका लागी र
तिम्रा लागी
अनी मेरो चेतनाशुन्य चिसो ज्यान
तम्तयार भएर कुरिरहन्छ तिम्रा दुई थोपा
आशुको सम्मान पाउन !!

मलाई थाहा छ
तिमी अल्मलिएरै भएपनी आउछ्यौ
मेरो अन्तिम उपस्थितीमा
एक मुटु मायाको समबेदना चढाउन
मेरा मायालु स्पर्श र बेसुरका सम्झनाहरुलाई बिदाई गर्न,
मसानघाट अगाडी पसारिएको मेरो लाशलाई
यादहरुको बतासले सितल दिन ।
त्यो मनलाई कतै हावै नचल्ने किनारको छेउमा
आगोको रापसँगै जलाईरहन !!

तिमी आउछ्यौ तर म अर्कै लोकमा पुगिसक्छु,
जिवन भित्रै बेपत्ता हुन्छ्यौ तिमी
तिमी अचेल साहाराको खोजीमा छौ भन्ने सुनेपछी नबाचेकोमा
यो मनमा
चिसो गड्छ,दौडिन खोज्छन
तिमिसँगै जिवन काट्ने रहरहरु
चल्बलाउन खोज्छन ति
नचिरिएका मौनताहरु
ओस्सिएको जिवन सँगसँगै,
तर म बिवश छु निर्जिब हातबाट हावा मै
कोरिरहन त्यो सजिव जिवनलाई
अन्तिम पत्र।