उपेन्द्र सुब्बा र मोहन मैनालीलाई पद्मश्री साहित्य सम्मान

Padma Shree award winners
पद्मश्री साहित्य सम्मान खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानद्वारा प्रदान गरिने साहित्य सम्मान हो |
सो प्रतिष्ठानले २०६३ सालदेखि हरेक वर्ष नेपाली साहित्यका सोहि बर्ष प्रकाशित भएको उत्कृष्ट कृतिलाई यो सम्मान प्रदान गर्दै आएको छ। यो पुरस्कारको राशी दुई लाख रुपैयाँ छ। -बर्ष २०७० को सम्मान भने संयुक्त रुप मा “लाटो पहाड“ को लागि उपेन्द्र सुब्बा र “मान्ठा डराएको जुग“ को लागि मोहन मैनालीलाई प्रदान गरिने भएको छ |

“लाटो पहाड पूर्वी पहाड का खास गरि लिम्बु समाज समावेश गरि लेखिएको रोचक कथाहरु को संगालो हो भने “मान्ठा डराएको जुग“ भने द्वन्द्वकालका अनुभव समेटिएर लेखिएको बाजुरा, कालिकोट, संखुवासभा, जुम्ला लगायतका ठाउमा भएका क्रुर घटना तथा अनाहकमा पीडा पाएका नागरिकका कहाली लाग्दो कथा हो |

Image source: eKantipur

Comments