कुमार नगरकोटीको “मिस्टिका”

Mystica Kumar Nagarkoti

“मिस्टिका” कुमार नगरकोटी को पहिलो उपन्यासको लोकार्पण भाद्र ३ गत्ते एक भव्य समारोहका बिच सम्पन्न भयो | Attic Bar टंगाल मा भएको उक्त कार्यक्रममा बुकहिल पब्लीकेसन का प्रतिनिधि भूपेंद्र खड़काले केही नयाँ गर्न केही कसर बाँकि राख्नु भएन | समारोह मा वक्ताहरुका रुप मा हामीले अनुप बराल जो आफै पनि यस पुस्तकका एक पात्र पनि हुन् र गनेश पौडेलजी जो Random Readers Society नामक संस्था चलाउनु हुन्छ | गनेशजीले एकदमै सुन्दर समिक्षा गर्नुभो पुस्तक को साथै यस साँझ साहित्य जगतका हस्ती हरुको ठुलै जमात देख्न पाइयो | अन्त्यमा : नगरकोटी स्वयम्ले पुस्तकको पछिल्लो भागको अंश पढेर कार्यक्रमको समापन एकदमै रोचक ढङ्गले गर्नुभयो| पुस्तक को बजार मुल्य ४९९ तोकिएको छ |