ड्रिमस म्यागाजिन द्वारा आयोजित भविष्यवाणी कविता प्रतियोगिता

DREAMS Magazine Bhavisyavani Poetry Recitation

ड्रिमस म्यागाजिन द्वारा आयोजित भविष्यवाणी कविता प्रतियोगिताका विजयताहरुको टुंगो हिजोको कविता वाचन प्रतियोगिताबाट भएको छ |

हिजो शिल्पी थिएटरमा भएको कार्यक्रममा २० जना छनौट गरिएका प्रतियोगीले आ-आफ्नो कविता वाचन गरे | ओजेष सिंह, सुनिता जुनु, सेवा भट्टराई, सोमेश वर्मा र संयुक्त श्रेष्ठ लगायतको छनौट टोलीद्वारा ति २० कविता छानिएर आगाडी पुगेका थिए | प्रतियोगिताको निर्णायकमण्डलमा सिमा आभास , नेत्र एटम र विप्लव प्रतिक हुनु हुन्थ्यो | प्रथम पुरस्कार पाउन सफल हुनुभयो गरिमा राना साथै दोस्रो पुरस्कार लक्ष्मन श्रेष्ठले पाउनु भयो र तेस्रो पुरस्कार रामनाथ खनालले प्राप्त गर्नुभयो (फोटो)|