देशदृष्टि(DeshDristi) Book Review – साैरभ काेइराला

deshdristhi book review

पुस्तक = देशदृष्टि
लेखक = मिलन बगाले
प्रकाशक = साङ्ग्रिला पुस्तक प्रा. लि.
पृष्ठसङ्ख्या = २३४
मूल्य = रु. ३००/-

deshdristhi book review
Deshdristhi book review

नेपाल कला, संस्कृति र साहित्यमा विश्वकै धनीमध्येकाे एक देश हाे। नेपालमा बहुल जाती, भाषा र धर्मबीचकाे अापसी सद्भाव र एकता त उत्कृष्ट छदैँ छ, त्यसका साथै फरक-फरक संस्कृति र धर्म मान्ने समुदायले निर्माण गरेका स्थानीय वास्तुकला पनि उत्कृष्ट छन्। नेपालका प्राचीनकाल देखि विभिन्न समयमा प्रयाेग गरिएका बसाेबास पद्धति अपनाएर निर्माण गरिएका व्यक्तिगत घरहरु तथा मन्दिर र दरवारहरु हेर्दा जाे काेहीकाे मन लाेभिन्छ। यहाँका मठ, मन्दिर, दरवार तथा व्यक्तिगत घरहरु निर्माण गर्दा प्रयाेग गरिएका पद्धति र कलालाई गहन रुपमा नियालेर हेर्दा यसलाई विश्वकै
अनुपम र अद्वितीय वास्तुकलाको नमुना भन्दा अतिशयाेक्ति नहाेला।

यसै सन्दर्भमा नेपाली वास्तुकार (अार्किटेक्ट) तथा ग्रामीण विकासविज्ञ मिलन बगालेज्यूले नेपाली वास्तुकलाकाे अध्ययन तथा अनुसन्धान गरेर बसाेबास पद्धति, निर्माण संस्कृति र सम्पदा संरक्षणका विषयहरुलाई समेटेर, हिमाल खबरपत्रिकामा वि. सं. २०६९ देखि २०७३ सालसम्म देशदृष्टि स्तम्भमा लेख्नुभएकाे लेखहरुको सड़्गालोका रुपमा ‘देशदृष्टि’ नामक एक पुस्तक प्रकाशित छ। साङ्ग्रिला पुस्तक प्रा. लि. मार्फत प्रकाशित भएकाे यस पुस्तकले देश बाेलेकाे छ, देश देखेकाे छ। अाफ्ना शक्तिशाली शब्द मार्फत मिलनज्यूले नेपाली वास्तुकलाका बारेमा बाेल्नुभएकाे छ। नेपाली वास्तुकलाकाे निर्माण पद्धति र नेपाली हरुकाे बसाेबास शैलीलाई नजिकबाट अध्ययन गरि त्यसकाे उत्कृष्ट विश्लेषण मिलनज्यूले देशदृष्टि मार्फत गर्नुभएकाे छ।

दुई खण्डमा विभाजित यस पुस्तकमा लेखकले दुईखाले चिन्तन गर्नुभएकाे छ। पहिलाे वास्तु चिन्तन र दाेस्राे ग्रामीण समाज चिन्तन। नरम शैलीमा कडा विश्लेषण गरिएकाे याे पुस्तक नेपाली ग्रामीण निर्माण संस्कृति, बसाेबास पद्धति र सम्पदा संरक्षणबारे अध्ययन गर्नेहरुका लागि अति उपयोगी छ।

सिमेन्टीले काेतर्दा-काेतर्दा कताराे जत्राे बनेकाे काठमाडाैँ र “काठमाडाैँ बाहिर बाँचेकाे काठमाण्डू” बारे लेखिएकाे लेख पढ्दा एकपटक साेच्न बाध्य भइन्छ। जथाभावी रुपमा स्थापित भएकाे अव्यवस्थित काठमाडाैँकाे बसाेबास शैलीबारे लेखक सन्तुष्ट हुनुहुन्न। पुस्तक टिप्पणीमा अमर न्याैपाने लेख्नुहुन्छ, “दुधमा बार्गेनिङ गर्ने तर रक्सीमा बार्गेनिङ नगर्ने शहरसँग लेखककाे गुनासाे छ। पुराना परम्परा र वास्तुसभ्यतालाई शहरले जाेगाउन नसकेकाेमा सरकारसँग पनि लेखककाे गुनासाे छ।”

“अास्था र संस्कारलाई फित्ताले नापेर, मेसिनले जाँचेर ठीक-बेठीक भन्न मिल्दैन, हुँदैन। वास्तु धार्मिक अास्थासमेत जाेडिएकाे प्राचीन हिन्दू संस्कार र निर्माण सभ्यता हाे। मलाई देउताकाे घरमा ‘वास्तु’ मिलेकाे राम्राे लाग्छ, मान्छेकाे घरमा ‘अार्किटेक्चर’ मिलेकाे। वास्तु अर्थात् अास्था मिसिएको निर्माण संस्कार, अार्किटेक्चर अर्थात् अहिलेकाे युग सुहाउँदाे विज्ञान।”

Bibek, [30.11.17 15:16]
यसरी वास्तु र अार्किटेक्चरबिचको समानताको चित्रण गरेर लेखकले काठमाडौंकाे अव्यवस्थित शहरीकरण, हराउँदै गएका प्राचीन कला, शैली र सभ्यतामा निर्माण भएका सम्पदाका बारेमा लेखकले गहकिलाे विश्लेषण गर्नुभएकाे छ।

नदी सभ्यता, बढ्दै गएकाे टावर निर्माण, बगैंचाहरुकाे संरक्षण, विभिन्न दरवार र उत्कृष्ट नेपाली भवन, स्थानीय संस्कृति तथा जात्रा, सम्पदा, बनजङ्गल अादि क्षेत्रका बारेमा मननीय विश्लेषण गरेर लेखकले सबै नेपालीलाई अाफ्नाेपन जाेगाउनका लागि घचघच्याउनु भएकाे छ। त्यसैगरी ग्रामीण समाज चिन्तनमार्फत लेखकले नेपाली समाजकाे बसाेबास शैली र त्यहाँ भइरहेकाे विकासलाई पनि चित्रण गर्नुभएकाे छ।

“नारायणगाेपाल जस्ता अाधुनिक संगीतका ‘लिजेन्ड’ लाई नारायणगाेपाल चाेकमा गाडीकाे २४ घण्टे कर्कशसहित राताेदिन धुलाे खुवाउँदा उनकाे सम्मान भएकाे छ? कतै शान्त र सुन्दर बगैंचामा उनले बनाएकाे मीठाे धुन बजिरहने गरि सुन्दर शालिक उभ्याईदिए पत्थर पनि रसाउँथ्याे हाेला।” शालिककाे सकस नामक लेखमा लेखकले व्यक्त गर्नुभएकाे विचार र कल्पना सबैले एकपटक मनन गर्नु आवश्यक छ।

२०७२ बैशाख १२ गतेकाे भूकम्प र यसकाे पराकम्पहरुले नेपाली वास्तुकला र नेपाली मनमा पारेकाे प्रभावबारे पनि लेखकले गहिराे अध्ययन गर्नुभएकाे छ। साथसाथै भूकम्पपछिकाे पुन: निर्माण बारेका विचार पनि देशदृष्टिमा समेटिएका छन्।

म आफैँ पनि वास्तुकला पढ्ने विद्यार्थी हुँ। मैले धेरै समयदेखि नेपाली वास्तुकला, बसाेबास पद्धति, निर्माण संस्कृति र सम्पदा संरक्षण बारे लेखिएका लेखहरु र पुस्तकहरु खाेजिरहेकाे थिएँ। यसैक्रममा, मैले मेराे अादरणीय गुरु, डा. किशन दत्त भट्ट मार्फत मिलन बगालेज्यूकाे “देशदृष्टि” बारे थाहा पाएँ। यस किसिमको पुस्तकका बारे थाहा पाउनु मेरालागि ढुङ्गा खाेज्दा देउता भेटेजस्तै भयाे।

नेपाली वास्तुकला र ग्रामीण समाजबारे जान्न खाेज्ने जाे-काेहीका लागि पनि याे पुस्तक अति उपयाेगी छ। यसरी देश चिन्तन गरेर अरुलाई पनि देखाउन, चिनाउन, बुझाउन सक्ने लेखककाे शक्ति बाट म माेहित भएकाे छु, र लेखककै शैलीमा भन्न चाहन्छु, “देशदृष्टि मार्फत देशलाई अाफूले देखेर, बुझेर, चिनेर र लेखेर सम्पूर्ण नेपालीहरुलाई पनि देखाई, बुझाई, चिनाई अाफ्नाेपनकाे संरक्षण र सम्बर्द्धन गर्न चेतना जगाउने देशदृष्टि पुस्तकका लेखक मिलन बगालेज्यूकाे जय हाेस् ।।।”

-साैरभ काेइराला, गाेरखा-३
(हाल: थापाथली क्यम्पस, थापाथलीमा चाैथाे वर्षमा अार्किटेक्चर अध्ययनरत)