बानेश्वरको छत बाट -Part 2 -‘आधा टुक्रा’

‘आधा टुक्रा’

-सुमी Jr.

१८ वर्ष परिवारसंग बसेर होस्टेल बस्न परेको मान्छे म| यसरी आफु सुत्नपर्ने लोबेड भित्र यस्तो नोट फेला परेपछि, यसै पनि अलिअलि आत्तिएको मन अझ आत्तियो| को थिई त्यो केटी? बाँकी समान मिलाएर एक-दुइ पटक खोजिहेरे, अहँ केहि भेटिन| बेलुका रूममेटहरुसंग भेट भयो, पल्लो कोठाकी केटी (अहिले मिल्ने साथीहरु मध्येकी एक) आएर एस्सो कुरा गरी| म अलि बोलिन| एक-दुइ हप्ता नबोलेरै बित्यो| उसो त म धेरै बोल्ने, नँया ठाउँ-नँया व्यक्ति भनेपछि उत्साहित हुने मान्छे तर एक-दुइ हप्ता आफ्नो काम -आफ्नो पढाईमा नै सिमित रहें | त्यो नोटको कुरा मैले अझै पनि बिर्सन सकेकी थिईन| कसैलाई सोधौं कि जस्तो लाग्यो| सबै कुरा भन्न मन नलागेर पल्लो कोठकी दिदीलाई यसो कुरा मिलाएर सोधिहेरें| उहाँ बसेको ४ वर्षजति भएको रहेछ| उहाँले पनि “खै” मा जवाफ दिनुभएपछि मेरो आश मरेर गयो|

होस्टेलको पातलो दाल, थरि-थरि अनुहार र नमिठो खाना, सबै परिचित हुँदै गए| बिस्तारै सबैसंग मिल्दै गएँ| जाँगर चलेर एक दिन कोठा बढार्दै गर्दा, लोबेडको चेपमा, सानो टुक्रा कागज, मैले झन्डै बिर्सेको! शायद, उही नोटको बाँकी अंश| मैले पुरानो कागज निकालेर जोडे| “. . .लोडसेडिङ्ग, छुच्चो मोरो| सम्भावित दार्शनिकको नभएको करियर पनि यहीं समाप्त|अब त बाहिरको रमिता पनि उही बोरिंग| इन्भर्टरको चार्ज धेरै भएर शायद, बत्ति निभाउन बिर्सेका केहि दर्जन उज्याला कोठाहरु; “खाना खायौ, पानी पीयौ, सब्जी के  थियो?” वाला ‘रोमान्टिक’ संवादमा जुटेका एक-दुई दर्जन; ल्यापटपमा चार्ज बाँकी भएर (जुन कमै मात्र हुन्छ) प्यारोडी, बजफीड, टेन थिङ्गस यु कान्ट बिलिभ द्याट एग्जिस्ट अनि मिया खालिफाका विडियो दोहोर्याई तेहेर्याई हेरिरहेका; इन्टरनेटका खोच गल्लिमा भट्किरहेका अर्का एक-दुई दर्जन आत्माहरु बाहेक अरु केहि कमै देख्छु|

बाहिरको रमिता सिद्दिएपछी आफु भित्रको संघर्षको महशुश भयो| सपना, भावना र विलौनाले कस्तो निस्सास्सिएको म! मेरा अनुहारका पिम्पल, डन्डीफ़ोर र दागहरु(जसमध्ये केहि समाजले लगाएका)संग जुध्दै, बाटोमा गुडिरहेका एम्बुलेन्स र दमकललाई पनि उछिन्ने गरि दगुरिरहेका कठै यी मेरा आशुँ!

क्रमशः