बा – सन्तोष बश्याल – कविता

Baa- Santosh Bashyal - poem

 

सानैमा सपना राम्रा हुन्थे
आमाले सुनाउने कथा जस्तै
आमा डराउने सपना भन्थिनन
म आमाको सपना भन्दा बढी
बा घुरेको आवाजले डराउँथे,
अनी सोध्थे
बा किन घुर्नुभएको आमा?
आमा भन्थिन,बाहरु दुखी हुन्छन।
बाहरुलाई सपना देख्ने फुर्सद हुदैन।
आमा सपना देख्नैपर्छ म सोध्थे !
आमा भन्थिन’सपना नदेख्ने मान्छे होईनन’
त्यसो भए मेरा बा को त ?
आमा फेरी भन्थिन,तेरा बा भगवान हुन।
आमालाई पत्याईदिन्थे म
त्यसदिन देखा बा भगवान भए मेरा लागी ।
सानैमा सबै बा को भरमा थे
बा सजिलै भगवान देखिनुन्थ्यो,
अलिक पछी म ठुलो भए
बा भगवान बाट बा मै आउनुभो,
अलिपछी बा रोगले थला पर्नु भो
बा बा बाट रोगीमा आउनुभो ।,
आमा रोगी बा की स्वयमसेवीकी हुनुभो,
पत्नि भन्दा बढी ।