बुक लभर्स नेपालको Open Air Poetry

Book Lovers Nepal Open Air event

“बुक लभर्स नेपाल” ले आफ्नो सातौ संस्करण पवित्र पशुपति क्षेत्र स्थित गुह्यश्वरी मन्दिर परिसरमा सफलतापूर्वक सम्पन्न गरेको छ। श्रावण महिनाको अन्तिम दिन पारेर आयोजित उक्त कार्यक्रमलाई “open air poetry” नाम दिईएको थियो।

कार्यक्रममा सहभागी सम्पुर्ण साहित्यप्रेमी स्रष्टाहरुले आ-आफुले लेखेको कविता वाचन गरेका थिए। उक्त भेलामा बुक लभर्स ग्रुपका अधिकाशं सदस्य लगायत केही नयाँ अागन्तुकहरुको पनि उपस्थिती रह्यो। कार्यक्रममा बोल्दै आगन्तुक मध्यकै एकजनाले कार्यक्रममा देखिएको सहभागिताबाट आफुहरु पनि कविता लेख्न प्रेरित भएको बताए।

बुक लभर्स भविष्य मा हुने कार्यक्रमहरु आफ्नो फेशबुक पेजबाट जानकारी दिने संस्थाका अध्यक्ष विवेक मिश्रले जानकारी दिनुभयो।

Image source: Bibek Mishra