भुल भुलैया- Swastik Pandey

Bhul-Bhulaiya--Swastik-Pandey

साँझ भर्खर पर्ने लागिरहेको थियो। घडी भने छिटो चल्दै थियो। म एक्लै थिएँ, कसैको पर्खाइमा! नजिकैको त्यो ठूलो ल्याम्पपोस्टले आफ्नो छाँया आफ्नै वरिपरि मात्रै पर्न दिएको थियो। आकाशमा धेरै रंगहरु खेलिरहेका थिए। म निशब्द भइ दिमागमा चित्र कोर्दै थिएँ। मानिसहरु मेरै अघिबाट घर जाने गाडीको खोजीमा थिए। आन्द्राहरु भोकको बहाना बनाएर घर छिटो जान भन्दै थिए। म भने निस्संदेह भइ बसेको थिएँ त्यही ल्याम्प पोस्ट मुनि! ल्याम्प पोस्टबाट अन्दाजी १०० मि. अगाडी एउटा खोला छ। खोलाले रुप, रंग सबै परिवर्तन गरि सकेको छ। समय खोला जस्तै हो भन्थे, आज त्यो महसुस गरें। मैले धेरै भयो लेख्न छोडेको, दिमागमा कति कुरा खेले पनि हातहरु चल्नै छोडेछन्। अचम्म लाग्छ, हामी कति त्यही एउटै रुटिनमै जिन्दगी बिताउँछौं! एक दिन एउटा काम गर्दागर्दै त्यहीको बानी बस्छ, भोलिदेखि त्यही काम हाम्रो लागि सजिलो बन्छ अनि फेरि एक दिन त्यो काम गर्न छोड्नुस पछि सुरु गर्न फेरि गाह्रो हुन्छ। म फेरि बहकिएछु, सरी है!
म अझै त्यही ल्याम्प पोस्ट मुनि नै छु। पर्खेको मानिस अझै आइपुगेनन्, समय जाँदै छ, खोला नि बग्दै छ। नजिकै कसैले समाजसेवाको नाममा काठको कुर्सी राखेको रहेछ, म त्यहीँ गएर बस्न खोज्छु। त्यही समय मलाई एउटा अचम्मको कुरा याद आउँछ अनि म एक्लै हाँस्न थाल्छु। अगाडी गाडी कुरिरहेका मानिसले मलाई देख्दैनन्, के देख्थे र उनीहरु लाई घर जान टेन्सन होला। मलाई झ्याउ लाग्छ र म उठेर हिँड्न थाल्छु त्यो खोलाको किनार तिर। म खोला तिर जाँदै गर्दा कति मानिस म भएको ठाउँमा बस्न आउँदै थिए। म अलिक पर गएर अर्को कुर्सीमा बस्छु। यताबाट उता सर्दा Samuel Beckett को एउटा नाटक याद आउँछ; ‘Waiting for the Godot’ जहाँ Vladmir र Estragon नामक दुई चरित्र Godot नाम गरेको पात्रलाई कुरिरहेका हुन्छन् र नाटक उनीहरूले कुर्दा कुर्दैमा सकिन्छ। फिलिममा जस्तै मेरो दिमागमा छाएको Beckett को बादल आँफै हराउँछ, वा म त्यो कुरामा त्यति Stress दिन चाहन्न। परबाट एक प्रेमिल जोडी आउँछन् र ठ्याक्कै म बसेकै कुर्सीमा गएर बस्छन्। म परबाट उनीहरुलाई हेर्दै छु। उनीहरु भर्खरै कलेज सकेर आएका होलान् (वा कतै गएर आएका होलान्, मलाई त्यसको मत्लब छैन)। उनीहरु प्रेम मै छन् भनेर म ठोकुवा गरेर भन्न सक्छु। वर्णन गर्नु पर्दा उनीहरु सानै देखिन्छन्, १७-१८ होलान्। छुटिन खोजेका थिएनन् तर घर जाने बेलामा त छुट्टिनै पर्‍यो नि! उनीहरुलाई अरु कसैको मत्लब छैन, मत्लब होस् पनि किन उनीहरू म जस्तो बेकामे छैनन् होला नि। म कलेज पढ्दा पनि यस्तै हुन्थ्यो, जोडीहरु सबै यस्तै। तर मलाई प्रेम मन पर्छ, प्रेम यानी महिला र पुरुष वा महिला महिला बीच वा पुरुष पुरुष बीच उत्पत्ति हुने अचम्मको भावना (माया?) चाहे ती ठुला हुन् या साना। कहिलेकाही लाग्छ साना साना बालकहरु पनि एक अर्का बिचमा प्रेम गर्छन् हो? माया हरेक मानिस गर्छ, प्रेम कोही कोही गर्छन्। उनीहरुको आफ्नै संसार छ, Imagination को भरपुर Usage छ त्यसैले मलाई प्रेमिल जोडी मन पर्छन्। उनीहरु उठेर गाडी कुर्ने भिडमा पस्छन्, म आफ्ना कुराहरुको तरंगमा।
अब म एक्लो छु, पर गाडी त धेरै मानिस कुरिरहेका छन् तर उनीहरु आफ्ना होइनन्। Universal Brotherhood को चस्माले हेर्न मलाई आउँदैन। त्यसैले म अर्को तिर हेर्छु। अलिक पर खोला छ। खोलामा पानी बग्दैछ, पानी संगै मानिस, जीवाणु, जनावर, पात, पतिङ्गर आदि सबैका अस्तुहरु बग्दै छन्। यस कुराको सब्से मज्जाको जस्टिफिकेसन Thomas Huxley ले दिनेछन्। म उठ्छु अनि त्यो खोलाको किनारको कुर्सीमा बस्न जान्छु। मानिसहरुले खोलालाई आफ्नो पाइखाना बनाइसके, दुखी आत्माहरु। ए! त्यो क्याटेगोरीमा त म पनि पर्छु कि। मलाई के थाहा मेरो घरको ढल कहाँ जान्छ? त्यो हेर्ने मन लागे पनि अब पाइदैन। सबैले जस्तै म पनि सरकारलाई दोष दिन्छु, तर दिन्न! यहाँ भरी हुने सबै कामको दोषी म नै हुँ, सायद म नजन्मेको भए मेरो Ecological Footprint नै हुँदैन थियो। आकाश हेर्दाहेर्दै फोन आयो, कुरेकै मान्छेको रहेछ। अब उ नाआउने भएछ। आकाशमा रंगहरुको फ्युजन पनि सकिएछ। पुरै पिच ब्ल्याक, अलि अलि तारा फाट्टफुट्ट देकिन्थे। दुबै कुराको वियोगान्त एकै चटी किन!
साँझले आजलाई बाइ भन्ने बेला आइसकेछ। रात बिस्तारै आफ्नो ड्युटीमा फर्किदै थियो। म घरतिर लाग्न भनी कुर्सीबाट उठें। बाटो त्यही खोलाको किनार थियो। अब खोला र म उल्टो बाटो लाग्दै थियौं। पारी पट्टी मानिसहरु बसिरहेका थिए, एक बिरानो क्याफेमा। कोही चियागफ लडाइरहेका थिए, कोही चुरोट तान्दै थिए, कोही उठ्न लाग्दै थिए, साहुनी चाहिँ बाहिर बसेर भाँडा मोल्दै थिइन। म आफ्नो बाटो लागेँ। अलिक पर पुगेपछि एउटा मन्दिर थियो, मन्दिरमा भगवान एक्ला थिए। खोइ कुन भगवान हुन् मैले छुट्टाउन सकिन। सायद भगवान डराउँछन् भनेर होला कसैले बत्ती झिलिमिली बालिदिएका थिए। कति मानिस भगवान देखेर हात २-३ पटक छातीमा अनि निधारमा छुवाउदै थिए। उनीहरुको Sequence मैले बुझ्न सकिन। कति मानिस भगवानको बालै नदि हिँड्दै थिए आफ्नो बाटो, कति मानिस आफू संगै आएको व्यक्तिले ‘भगवान Sequence’ को लागि हात उठाएपछि मात्र त्यो कुरा गर्न तल्लिन हुन्थे। म अझै अघि बढेँ। अलिक पर पुगे पछि एउटा सुकुम्बासी बस्ती थियो। सुकुम्बासी बस्तीमा बत्ती झिलिमिली थियो। सबै जना घरायसी काममा बयस्त थिए। साना साना बालक भने त्यही खेलिरहेका थिए, उनीहरुलाई घर जाने टेन्सन नै थिएन। एक जना बुढी घरबाट निस्किइन अनि त्यहाँ खेलिरहेको एउटा बालकको नाम लिइन्, बालक हतार हतार घर गयो। म पनि घर तिर लागेँ।
अझै अगाडि एउटा टर्निङ थियो, त्यो टर्निङ्को नाम ‘Cartel of the Suns’ भनि मैले नामाकरण गरि दिएको थिएँ। किनकी त्यहाँ चोरी र गुण्डागर्दी बहुत हुने गर्‍थ्यो। त्यहाँ केही युवाहरु बस्ने गर्थे (रात परिसके पछि) जो कोही मानिसलाई एक्लो भेट्ने बित्तिकै उसको नाम र दाम साफ परिदिन्थे, धन्न म आज छिटो आइपुगेछु। हुन त आजकाल प्रहरीहरु बसे पछि त्यहाँ त्यस्तो काम सार्है कम भएको थियो। आज त्यहाँ कोही थिएनन्, थियो त एउटा भित्ता, हिलाम्मे बाटो र धमिलो खोला। म अझै अघि बढेँ। त्यही बाटोमा एउटा यस्तो ठाउँ थियो जुन Succession को जिवित उदाहरण थियो। त्यहाँ पहिले एउटा पोखरी थियो रे! आजकल त्यो पोखरी जंगल बन्ने सुरमा थियो। ‘Natural Shaving’ वा ‘Nudation’ थोरै समयमा नै हुने भएको भए त्यहाँ एउटा राम्रो जग्गा हुने थियो होला। अनि त्यहाँको मालिक महिनै पिच्छे चेन्ज हुने थिए। कस्तो अचम्म, एउटा खोटले गर्दा उसमा घर ठडिइन पाइएन। उ आफू कति Humiliate भएको छ होला है! अलिक पर चम्किलो बत्ती बलिरहेको थियो। त्यो एउटा नामी किराना पसल थियो। साथीहरु त्यो पसल जीवन दाइको हो भन्थे तर मैले अहिलेसम्म त्यो पसलमा जीवन दाइ बसेको देखेकै छैन, अनि कसरी विश्वास गरुम म? त्यो पसल बाट मेरो घर ५ मिनेटको दुरीमा थियो। बाटोमा अरु नोटिस गर्नु पर्ने केही कुरा थिए। सबै पसल ‘Appedix’ जस्तै; न केही काम भएका न त केही नयाँ गर्न सक्ने। ५ मिनेट यसै हिँडे होला म, निरुत्साहित भएर। अनि याद आयो त्यो बाटोका घरहरु, त्यो बाटोमा भएका घरहरुका डिजाइन अचम्मका थिए। सबै गोला घरहरु। म बस्ने घरबाट चाहिँ Rectangular घरहरु सुरु हुन्थे! अझ परका घरहरु त झन् अचम्मका डिजाइन का, कुनै स्क्वायर, कुनै Triangular, कुनै Pentagonal, कुनै कस्ता कुनै कस्ता! Social Stratification का उदाहरणहरु। म घरको कालो गेट बाट भित्र छिरेँ। बाइकहरु सिस्नुजस्तै राखिएका थिए, हिँड्नै गाह्रो हुने गरि। मेरो कोठा तल्लो तल्लामा नै थियो। कोही छैनन् जस्तो लाग्यो, गल्ली अँध्यारो थियो। म सिधै आफ्नो कोठातर्फ लागेँ, बाटोमा कसैको जुत्ता रहेछ, एक किक बजाइदिएँ। एउटा यता अनि अर्को उतातिर बजारियो। Disturbance of a married shoe couple! खोल्टीबाट चाँबी झिकें, कोठा खोलें, म भित्र पसें अनि मज्जाले डोका बजारिदिएँ। अनि फेरि Realism मा आइपुगें, आफ्नै बिरक्त लाग्दो जीवनमा। बाहिरबाट ढोका कालो देखियो होला, मलाई केही मत्लब लागेन, मानिसहरु यस्लाई पनि आर्ट सम्झी Interpret गर्न खोजे होलान्। के उनीहरु सफल होलान् त?