भृकुटीमण्डपको पुस्तक मेला समापन

Book fair at Bhrikutimandap

भृकुटीमण्डपमा चलिरहेको पुस्तक मेला हिजो औपचारिक रुपमा समापन भएको छ | एक हफ्ता चलेको सो मेलामा सबै उमेरका पाठक वर्गको बाक्लो उपस्थिति देख्न पाइयो|

बन्दले केहि प्रभाव पारे पनि धेरै असर भने देखिएन | सबै जसो पुस्तक स्टलहरुमा किताबहरु व्यापक छुटका साथ् पाठकहरुले किन्न पाएकोमा खुशी देखिन्थ्ये | हाल पुस्तक हरुको मूल्य बढ्दो क्रममा रहेतापनि पाठकहरु सबै गुनासो लाई किनार लगाउदै राम्रा कहलिएका पुस्तकहरु निर्धक्क संग किनमेल गरेको पाइयो | प्रकाशकहरु पनि बढ्दो पाठकहरुको भीड के आफुहरुलाई उत्साहित बनाएको जानकारी गराये | यहि मेला को अवसर पारेर धेरै पुस्तकहरुपनि विमोचन भए | यस पुस्तक मेला को आयोजना के जी ग्रुपले गरेका थिए |