“माटो र मन” पाठक समिक्ष्या​

 

“माटो र मन” ले विशेषत: नेपाली डायस्पोरामा राम्रै छाप छोड्नेमा ढुक्क हुन सकिन्छ । विदेशीने नेपालीहरुका मनमा रहेका प्रेम,रहर र पिडालाई अभिव्यक्त गरिएको एउटा पूर्ण कविता संग्रह हो “माटो र मन” । त्यति मात्र नभई साहित्यमा रुची राख्ने जो कोहिले पनि माटो र मनलाई आफ्नै मनमा सजाउनेछ भन्नेमा बिस्वस्त हुन सकिन्छ ।

माटो र मनले एक किसिमको रोमान्चकता,प्रेम प्रतिको आशा र बिरानो देशमा पसिना बगाउनेको पिडालाई पाठक सामु अनुभव गराईदिन्छ । यिनको कविताको ठुलो तागत यिनको सच्चाई नै हो । जब कविताले आफ्नै ठाउँमा,आफ्नै परिवेसमा पसेर जन्मिने मौका पाउछ तब कविता साच्चै पढ्न योग्य हुन्छन । कवि कवितामा घरदेश सम्झेर परदेशमा कहिले रुन्छन त कहिले हास्छन । कविले कवितामा सपनाको बिक्रि गर्न खोज्छन,आफ्नै जन्मभूमि हराएको अनुभव गर्छन,प्रेम प्रति आस्था जगाउछन्, भगवान लाईपनि दुखि देख्छन,कहिलेकाही पानी कै पहाड ले पनि घेरिन्छन । कति शसक्त छ उनको कविताहरु यहिबाट अनुमान गर्न सकिन्छ । उनको कवितालाइ यो कच्चा पाठकले किन पनि पूर्ण भन्न खोजेको छ भने कविता सङ्ग्रह एउटा बिषय मात्र केन्द्रित छैन यहाँ माया का कुरा पनि अटाएका छन्, प्रकृतिका सौन्दर्य देखि सुरुंग भित्रका बस्तिहरु अटाएका छन् । कवि हिमाली देशमा जन्मेपनी सामुन्द्रिक देशसम्म देख्ने र भोग्ने मौका पाए,त्यसैलाई समेटेर माटो र मन लेखे ।

अत:यसलाई म वादमुक्तिको कविता मान्छु । किनकि धेरै कविहरु वादबाट पर उभिएर लेख्न सक्दैनन । यथार्थवादी दृस्टीले हेर्दा छुट्टै भूगोल अनि इतिहास भएको देशमा बसेर पनि सबैको संवेदना एकै हो भन्न कुनै कसर बाकि राखेका छैनन् कविले । कविले ले जहाँ गए त्यहिको को समाज बुझे अनि त्यसैलाई कवितामा ढाल्ने कोसिस गरे त्यो प्रयास साच्चिकै सह्रानीय छ । कवि ले आफ्नै अतित,ब्यथा-कथालाई मात्र संगालेर कविता लेखेका छन् भन्ने भ्रम पर्छ भने त्यो पाठकको गल्ति हुनेछ । पहिलो नजरमा त्यो छाप परेपनि अलि एक तह माथि गएर कवितालाई बुझ्दा कविले आफ्नो मात्रै होइन सम्पूर्ण नेपालिले विदेश मा गरेका संघर्ष,प्रेमिकासंग बिछोदिदा मन मा खेलेका बह, त्याग, संघर्श, पिडा, रहर, अनि माया सम्झेर कविता लेखेका छन् । आफ्नै अनुभुतिलाई सहदेवले यथार्थ र लयात्मक तरिकाले बर्णन गरेका छन् र त कविता राम्रो बनेको छ । यी कविको अझ राम्रो पक्ष त के छ भने कवि जहाँ समय बिताउछन,जहाँ जे देख्छन जे भोग्छन त्यसैलाई समेटेर कविता कोर्छन ।

कविले पाठक लाई यस्तो बनाइदिन्छन् कि उनका कविता पढ्दै गर्दा जहाँ बसे पनि कल्पनाको सागर मा डुबाएर कविताको जन्मथलो पुर्याउने कोसिस ले जोकोही पाठकलाई पनि वातारण परिवर्तित भएको महसुस गराइदिन्छन् । उनले पाठकलाई प्रकृतिको बयान गर्दै आफ्नो जन्मथलो मकवानपुर देखि ज्याक्सन हाइट सम्म पुर्याईदिन्छन । यो संग्रह कोठा को कुना मा बसेर पढ्न भन्दाखुला प्रकृति को बीच मा रम्दै पढ्नु को आनन्द बेग्लै हुन्छ । केहि हरफहरु यस्ता छन् कि जसले गर्दा जो कोहिलाई पनि आफ्नो धरातल के हो ? आफु को हो ? भनेर सोच्न बाध्य गराउछ ।

हामि जे होइनौं
त्यहि हौ भन्न रुचाउछौ
जे हो त्यो भन्न चुकाउछौ

वर्तमान युगका भ्रम पालेर जिउने जो कोहीलाई पनि गतिलो झाप्पड हानेको छ यी हरफले । “बन्दुक को गित”मा सहदेव ले अहिले को अवस्थालाई पनि मिल्दोजुल्दो तबरमा घुमाउरो पारामा इंकित गर्न खोजेका छन् ।

युद्दैयुद्द बाट शान्ति खोज्न थालेपछि
लाशहरु गिडिन र गाडिन थाल्छन !!

यी वाहेक”सपना बिक्रि मा छ”,”किन यस्तो हुन्छ?” “सम्झना बिर्सना” “पानि पसेको घडी जस्तो जिन्दगि” “एकोहोरो सम्झिरहेछु” शिर्षक का कविता अत्यान्तै सुन्दर छन् । अन्य कविता हरु पनि यथार्थपरक,रमाइला अनि उत्तिकै भाबुक पनि छन् । ६४ ओटा कविता पढ्दै गर्दा पाठकले धेरै जिन्दगि भोगेको अनुभव गर्छ । र अन्त्यमा नेपालि साहित्यमा अर्का एक नयाँ आशालाग्दा कविको अवतरण भएको छ केहि कमीकमजोरी रहे पनि यसलाई स्वागत त गर्ने पर्छ ।

सन्तोष बश्यालको समिक्ष्या

“माटो र मन”अब नेपाली बाईटस एपमा