लेखक संग ५ प्रश्न – विप्लब प्रतिक

1.Which Nepali book do you wish you had written? तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?

-यो किताब मैले लेख्न पाएको भए हुन्थ्यो भन्ने भाव मेरो मनमा छ्रैन । जसले लेख्नु पर्ने थियो, उनैले लेखे/लेखिन् ।

2.What Nepali book do you want to see a movie of ? तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनुहुन्छ ?

-यो प्रश्न पढ्दा मलाई झ्वाट्ट ध.च. गोतामेको ‘घामका पाइलाहरु’ सम्झना आयो ।

3.Which writer would you like to be for 1 day, if given a chance? तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

– थुप्रै छन् त्यस्ता साहित्यकारहरु । केहीको नाम लिनुपर्दा लियो टोल्स्टोय, फ्योदोर दोस्तोएभ्स्की, साहिर लुधियानवी, सिद्धिचरण श्रेष्ठ, शंकर लामिछाने, अल्बेयर कामु, सात्र्र, रसुल हमजातोभ र पाब्लो नेरुदाको नाउँ लिन चाहन्छु ।

4.What is your favorite holiday destination? तपाईं को “Favorite Holiday Destination” कुन हो?

-मलाई अफ्रिका महादेशकोे कुनै पनि प्रान्तमा पुगे पुग्छ, मेरो विश्वासमा र विज्ञानका अनुसार जहाँ हाम्रा पुर्खाहरु जन्मिए ।

5.What do you dream of being if you were not a writer? तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो?

-लेखक बन्नु मेरो रोजाइ थिएन । यो मेरो नियति थियो । बन्न चाहेको त मैले पाइलट थियो, आर्किटेक्ट थियो, जुन मेरो तकदीरमा यो जुनीमा रहेनछ ।

Viplob Pratik is a lyricist and a poet. He is very well known for his song “हर रात सपनीमा ऐँठन हुन्छ गाउँमा सायद पहिरो गयो कि “. He will soon come up with his debut Novel .