लेखक संग ५ प्रश्न -सहदेव पौडेल

तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ?
यसो सम्झिदा बिपी कोईरालाको “सुम्निमा” मैले लेखेको भए हुन्थ्यो जस्तो लाग्छ।

तपाईं कुन नेपाली किताबको सिनेमा बनेको हेर्न चाहनु हुन्छ?

मलाई मन परेका केहि किताबहरुका फिल्म हेर्नै नहुने फिल्म बनेको छन्। तर पनि बालकृष्ण समका कुनै नाटकको फिल्म बने राम्रो हुन्थ्यो।

तपाईंलाई एक दिनको लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?
शेक्सपियर

तपाईंको “Favorite Holiday Destination” कुन हो?
एक पटक हिमाली भेगको यात्रा गर्दै कैलाश सम्म पुग्न मन छ।

तपाईंको लेखक बन्नु बहेकको अर्को सपना के हो /थियो?
लेखक बन्नु बाहेक अरु थुप्रै सपना छन्-ती सपनाहरु अझै “Work in Progress” छन्। जस्तो कि, म रंगमञ्च,रेडियो र फोटोग्राफीकै बरपर हरबखत ब्यस्त बन्ने र यी सबै अट्ने एउटा मल्टिमिडिया आर्ट हाउस बनाउने सपना छ।