लेखक संग ५ प्रश्न – Archana Thapa

तपाईंलाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो” जस्तो लाग्छ?
शिरीषको फूल मैले लेखेको भए हुन्थ्यो जस्तो लाग्छ।

तपाईं कुन नेपाली किताबको सिनेमा बनेको हेर्न चाहनु हुन्छ?
सन्जिव उप्रेतीको पुस्तक घनचक्कर।

तपाईंलाई एक दिनको लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?
भर्जिनिया उल्फ बन्न चाहन्थे होला तर उनको बाइपोलर डिसअर्डर र हाई डिप्रेशनको समस्या सहने आँट कती छ त्यो थाहा छैन।

तपाईंको “Favorite Holiday Destination” कुन हो?
मेरो सबै भन्दा मन पर्ने होलिडे डेस्टिनेशन ईटलीको, भेनिस र बेल्जियम को ब्रिग्स हो।

तपाईंको लेखक बन्नु बहेकको अर्को सपना के हो /थियो?
म अहिले लेखक भई सकेकि छैन। साँचै भन्नु पर्दा मेरो केही सपना नै थिएन। मेरा ठुला सपना थिएनन। म जीवनका स-साना रमाइलो क्षणमा खुशी हुन चाहन्थे र अहिले छु।