लेखक संग ५ प्रश्न – Richa Bhattarai

तपाईंलाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो” जस्तो लाग्छ?
पारिजातको “परिभाषित आँखाहरु” । मैले लेख्ने हरेक आख्यानले त्यही उपन्यासको बाटो पहिल्याउन खोजे जस्तो लाग्छ ।

तपाईं कुन नेपाली किताबको सिनेमा बनेको हेर्न चाहनु हुन्छ?
मयूर टाइम्स – दुई साथीको सम्बन्ध पर्दामा हेर्न मन छ ।

तपाईंलाई एक दिनको लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो?
सरस्वती प्रतिक्षा । एक दिनका लागि काव्यमै बोल्न र निडर भएर सबै गुम्सिएका भावना पोख्न पाए ।

तपाईंको “Favorite Holiday Destination” कुन हो?
अप्रिल महिनामा एमस्टरड्याम पुगेर आँखाले भ्याएसम्म ट्युलिप बंगैचा हेर्न रहर । गएको ठाउँ मध्ये नाम्चे र फुकेट ।

तपाईंको लेखक बन्नु बहेकको अर्को सपना के हो / थियो?
मात्र पाठक भएर जीवन बिताउने । मेरो सपना भनेकै मनले खोजेजतिका सबै किताब किन्ने पैसा हुनु र पढ्ने समय हुनु हो । डर लाग्छ, यो सपना आधा उधि पुरा नहुँदै आँखा देख्न छोड्छु होला ।