लेखक संग ५ प्रश्न – Subin Bhattarai

तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?

यस्ता धेरै किताबहरु छन् । तर एउटा मात्रै भनेर सोध्नु भो । म यसमा धच गोतामेको “घामका पाइलाहरु” भन्न रुचाउँछु ।

तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?

बिपी कोइरालाको नरेन्द्र दाइ । किताब पढ्दा पनि फिल्म नै हेरेकोजस्तो लाग्छ ।

तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?

अवश्य पनि बिपी कोइराला । मलाई बिपी कोइरालाका हरेक लेखाइ र गतिविधिले छुन्छ ।
एकदिन के सधैँ बन्न दिए झनै आभारी हुने थिएँ ।

तपाईं को “Favorite Holiday Destination” कुन हो ?

चेक रिपब्लिकको राजधानी प्राग । एकपटक के गएको थिएँ, पटक पटक जाउँ लागिरहेछ । फेरि जाने सोचमा छु ।

तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो ?

मलाई अभिनय गर्न मन लाग्छ । केटाकेटीबेला देखि नै दुइवटा सपना थिए । एउटा लेखक बन्नु र अर्को कलाकार बन्नु । एउटा पुरा भयो । अर्को होलाजस्तो लागिरहेको छैन, कमसेकम अहिलेको स्थितिमा ।

सुविन भट्टराईको नयाँ उपन्यास “मनसून ” दशैं अघि बजारमा आउंदै छ |
Monsoon- SUbin Bhattarai