हिस्टेरिया साइबेरियाना – Pujan Paudel

(Hysteria Siberiana is an illness observed in farmers of Russia working day by day on the farms of Siberia  where one day they throw their  plough aside and, completely empty of thought, begin walking toward the west. Heading toward a land that lies west of the sun. Like someone possessed, you walk on, day after day, not eating or drinking, until they collapse on the ground and die.)

Poem:

(Secretariat : विश्वकै तेज रेस घोडा

Prairies : मिस्सिसिप्पि खोलाको विशाल घास मैदान )

 

केन्टकिको विशाल रेस कोर्शमा

४० हजार दर्शक र एक आधि हजार जुवाडि थिम

घोडा दौड्मा हाहा-होहो , पेय र पैसाको उत्सवमा

“आइज Secretariat आइज ” भनि सबै लल्कारदै छन

सधैजै हिजो पनि जितेको Secretariat घोडालाइ

एक आदिले सय हजार दाउ हानेका छन

अर्को आदि उस्लाइ दोस्रो बनाउन क्रोधिन छन

खड्याक्क रेस बाध खुल्छन

चारैतिरका नजर एउटा बिन्दुमा टक्क अडिन्छन

हिजोझै उसमा सवार Jockey आज पनि

कलपनामै रेस जितेपछि भेगासका जुवाडिका पैसमा पुरिन्छ

बन्दुकको गोलि डुम्म पड्किन्छ

अचानक Secretariat जुर्मुरिन्छ , थर्थराउछ

अगाडि नबढि रेस कोर्शमा झाक्रि फुकेर कामेझै

आफ्नो ढाड्मा बसेको Jockey लाइ थचारेर

रातो माटोको चुनामा गुहारिरहेको जिवन किल्चिएर

तिघ्दिड तिघ्दिड तिघ्दिड

आडैको VIP Sectionका काच चरक्क चरक्क फुटाइकन

लाखौ डलर र मदिरालाइ छ्याल ब्याल छरेर

तिन दर्जन जति Cowboy टोपि पहिरिएर भागिरहेका

जर्नेल र कर्नेलका पहिरनमा आतिएर थुर थुर थुर

तिनै अति उच्च मालिकका शरिर कुल्चिएर उफ्रनछ

केन्टकिको रेस -कोर्श माथिबाट फन्गान्छ

विशाल Prairies तिर  

टाउकामाथि  ४५ कोण को घाम पारेर

तिघ्दिड तिघ्दिड तिघ्दिड

 

(Bundestag : जर्मनिको Parliament )

बिहान साढे सात बजेको घन्टिसितै जुरुक्क उठेर

सधैजै आज पनि

आफुलाइ फट्यान्ग्रा बनाउन नसकेको भाग्यलाइ सरापेर

बर्लिन सहरको धुवादार भट्टिमा चिया बिस्कुट चोब्दै

आठ बजेको ट्रेन लाइन समात्न सयौसित ठोक्किएर

टाउका टाउकिको घुइचोमा अगाडि बढ्छ काफ्का

उस्को Insurance कम्पनिको ९ बजेको हाजिरि समात्न

सधैजै ८ः५५ मा आफ्नो क्याबिन पुगेर

दुइ हातमा २X८ फाइलको टावर बनाएर

हिजोझै हाजिरि कोठमा रिपोट बुझाउन ९ बजे

पछिल्लो  ५ वर्ष लगातारै बुझाएको जस्तै

तर अाज ९ः०५ बजिसक्दा पनि काफ्काको हाजिरिमा नाम छैन

न त उस्को क्युबिकलमा फाइलका चान्ग नै छन

काफ्का त हिडिरहेछ बिच बर्लिन सहरमा

टक , टक , टक , टक

उस्का हातमा २ X ८ फाइलको पहाड बोकेर

बर्लिन सहरको व्यस्त ट्राफिक लाइट मिच्दै

भोल्क्स्वागन र मर्सिडिजलाइ कान सानो बनाएर

साढे एक घन्टा नरोक्कि हिड्छ काफ्का

विशाल  Bundestag को बाहिरि गेट्निर थचक्क बसेर

ति फाइलका हिजोनै मिलिसकेका हिसाब झनै मिलाउन खोज्छ

कठिन गतिमा Tax  र Insurance अण्कका ग्राफ हरु

उस्लाइ गिज्यान थाल्छन , न्याक्न थाल्छन

हिसाबका टावरमा एक्छिन निस्सासिएर उ पसिना काढ्छ

टाउकामाथि  ४५ कोण को घाम पारेर

तप तप तप तप

 

(रुब -अल -खालि  साउदिको मरुभुमि

खबुज –  एक किसिमको तन्दुर रोटि )

 

मालिकको दैनिकि लात्ता ढाडमा परेछि

सधैजै साढे ३ घन्टा ओसमा भिजेको  निन्द्रा मिच्दै

४ गुणा १३० गोठका बाख्राका खोर सफा गरेर

१० टिनको बाल्टिमा साढे २० लिटरको दुध दुहुन्छ नाजिब

आज शुक्रबारे भट्टिमा , १ घन्टा टाढा मेलामा

अस्तिको शुक्रबार जस्तै उ हान्निनुपर्छ

दुध र बाख्रा बेचेर बेलुकि साढे ८ सय रियाल ल्याउन पर्छ

अनि दिन्भरिको कमाइबापत तन्दुरको २ गोटा खबुज खानु पर्छ

८० गन्तिको बाख्राको हुललाइ तिनैको भाषामा हप्काउदै

दुइ काधमा भरिएका दुधका बाल्टिन छल्काउदै

सधैजै  ऊ मन्डिको बिचबाट गुज्रिन्छ आज पनि

एक , दुइ , तिन चार गरि अनेक नया मन्डि पारि

तर अह , रोकिदैन ऊ ति बाख्रा र दुध बेचन

बजार सक्किसक्दा मरुमा उस्का पदचाप गहिरिदै जान्छन

छट्पटिदै गरेको बाख्राका गुहार जसरि  

म्याहा ! म्याहा! म्याहा ! म्याहा!

उस्ले बोकेका दुधमा धन्दै धन्दै ढुसि पर्न लागेका छन

उस्का आत पनि त धन्दै धन्दै सुकिसकेका छन

तर विशाल ‘रुब-अल-खलि’ मा ऊ अगाडि चलिरहेछ

टाढा-टाढा सम्म पनि कुनै शक्तिशालि दुर्विन्ले शाहुले नदेखेनेगरि

दुइ बाल्टिन दुध मरुमा फालिदिन्छ , पालैपालो

टाउका माथि  ४५ कोण को घाम पारेर

म्याहा ! म्याहा! म्याहा ! म्याहा!

 

४५ कोणको सुर्य ५५-६५-६५-८० गरि ढलिरहन्छ

घामका ढलकिने कोण बढेझै

Secretariat पनि आफ्नो  द्रुत रफ्तार बढाको बढायै छ

विशाल Prairies मा घासका लामा ब्लेड्ले छिल्लिदै

टाढा-टाढा दौडिन्छ , सायद सुर्यको पश्चिमतिर

 

Bundestag को अगाडि पछिल्लो छ घन्टा देखि

काफ्का वरिपरि फाइल छरपस्ट पारेर हिसाब मिलाउदै छ

अजन्गका ग्राफ र अण्कमा हिसाब उस्लाइ निल्दै छन

सुर्यास्तको धमिलो प्रकाशमा कलम केरेको केरेइ छ

 

‘रब-अल-खालिको’ एउटा खण्ड्मा

नाजिबका मृत बाख्रा ८०० मिटरको फरकमा लम्पसार छन

उस्ले बोकेका टिनका डिब्बामा दिउसोका तरका रेखा छन

बचेका जति पाठा-पाठि बोकेर नाजिब

गित गाउदै , छोइडुम खेल्दै , सुम्सुम्याउदै , गुन्गुनाउदै

स-साना पाठा पाठिलाइ पालैपिलो चुमेर

कम्पासमा अन्तिम ओएसिसबाट ९० डिग्रि NW परेर

सुर्यको पश्चिमतर्फ लम्किदै छ नाजिब

 

घामले ८५ कोण बाट ९० को अन्तिम फड्को लिदा

Secretariat का बलिया खुट्टा बाउडिन्छन

Prairiesका ब्लेडले छ्याल ब्याल भैसकेका

हजारौ वर्ग क्षेत्रका खर्कमा Secretariat थला पर्छ

अनि ढल्छ ;

ऊ पहिलो चोटि पराजित हुन्छ ; एक्लैले दौडेको दौडमा

तिघ्दिड तिघ्दिड तिघ्दिड

छ बजेको घन्टिसन्गै सरकारि कार्यलय बन्द हुन्छ

अनि निस्किन्छन Bundestag बाहिर हजारौ कर्ल्क हरु

काफ्का आफ्ना हिसाब नमिलेर झनै काम्न थाल्छ

बढदो कर्ल्कका चाप्ले उस्लाइ फाइलका अण्क सरि च्याप्छन

साझसम्म पनि फाइल बुझाउन नसक्ने डरले आत्तिएर

मुर्ख प्याखोब जसरि ऊ Bundestag को सय फन्को मार्छ

र १०१औ फन्कोमा उस्ले स्वास छोड्छ

तिनै  Insurance company को फाइलका पहाडमा

तप तप तप तप

अझै पनि ‘रुब-अल-खालिको ‘ सुर्यास्त अरोरा मुनि

अवैधिक नितिले अरब छिरेको नाजिब

आफ्नो  सब्से प्रिय पाठिलाइ बोक्दै हिडिरछ

छिन- छिन्मा आज उस्का लागि मालिक्ले तन्दुरमा सेक्दै गरेको

दुइ गोटा खबुज रोटिलाइ सम्झिएर

तिनैको र्याल काट्दै ; अघाउदै ; मुसकुराउदै

सुर्यको पारि भएको  कुनै हाट- मण्डिमा

उस्को सबसे प्रिया पाठोलाइ बेच्न

Reference :

http://www.williamgilbert.com/siberiana.htm