९-११ मेरो सम्झना – Swastik Pandey

त्यो दिन बडो सुन्दर दिन थियो।

सुर्यले अमेरिकी आकाश ढाकीसकेको थियो। हामी अघिल्लो रात सुत्न सकेका थिएनौं, भोलि पल्ट हामीले हाम्रो वर्षौंदेखिको योजना पूरा गर्नु थियो। त्यो सुन्दर दिनको सुन्दरतामा मग्न हुनलाई हामीलाई समय थिएन। सबै जना आतिएका थिये। म पनि अलिक डराएको थिएँ। केही गरि हाम्रो योजना विफल भयो भने क गर्ने, हामी पक्डियौँ भने क गर्ने आदि इत्यादि विचारहरु मनमा खेलिरहेका थिए । तर हाम्रो नाइके लादेन भने अलिकती पनि डराएका थिएनन्। खै थाहा भएन उनी किन अमेरिका यति रुष्ट भएका थिए। तर उनको आँखामा त्यो रिस अझै स्पष्ट देखिन सकिन्थ्यो। उनी अफ्गान् मुलका थिए, तर बोलाइमा भने अलिकती पनि अफ्गान लवज नआउने। उनी सानै देखि अमरिका नै बसेका हुन् भनेर मलाई क्याप्टेन हुसेनले भनेका थिए। उनी कहिलेकाहीँ आफैं पनि भन्थे कि उन्लाइ अमेरिकाले नै बनाएको हो। फेरि किन त उनी आफू हुर्केको देश जलाउन चाहन्थे त्यो प्रश्न कसैले पनि उन्लाइ सोध्न सकेन। हाम्रो योजना दृढ थियो। हामी सबैलाई लादेनले आफ्नो पालमा बोलाएर तयार हुन भनेका थिए। सबै निस्किन नै लागेका थियौं। उनले म तर्फ हेरि एकैछिन बस्नका लागी इशारा गरे। म त्यो योजनाको मुल योजनाकार थिएँ। सायद म नभएको भए लादेन केही पनि गर्न सक्दैन थे! हाम्रो योजना विश्वकै सबै भन्दा अग्लो ट्विन टावरमा हवाई जहाजले आक्रमण गरि सारा अमेरिकालाई एउटा पाठ सिकाउने।

खास भन्ने हो भने म तेस्तो विध्वंस मच्चाउने खालको मानिस त होइन तर लादेनले मेरा लागि लगाएको गुन मैले तिर्नु थियो। उनी मेरा पालनकार सरि थिए। पैसाको अभावले गर्दा दिमागको अप्रेसन गर्न नसक्दा उनी मेरालागि भगवान सावित भएका थिए। डाक्टरहरु भन्दै थिए यदि मेरो अप्रेसन सही समयमा नभएको भए म यो संसारमा हुने थिइनँ। सबै जनाले पाल छोडेर गएपछि उनले मलाई हाम्रो तयारीका बारेमा सोधे। मैले सबै कुरा बेलिबिस्तार लगाएपछि उनी प्रसन्न भए। मैले भन्दा केही असहज मानेको भान उनलाई पनि भएछ, उनी सिधै मेरा आँखामा हेर्न थाले। अनि प्रश्न गर्न थाले। मेरा उत्तर बाट उनी सन्तुष्ट भएछन् क्यारे उनी। म बाहिर निस्किन लाग्दा उनले भने,” जमाल, तिमी किन अलिक डराए जस्तो देखिन्छौ? किन तिमी असहज मानी रहेका छौ?” उनको यो प्रश्नको मसँग केही उत्तर थिएन। म केही नबोली बसेँ। उनले फेरि सोधी हाले ,” के तिमी मेरालागि काम गर्दा खुशी छैनौं? ” अब उनको प्रश्नको उत्तर मैले दिनुपर्छ जस्तो लाग्यो। मन नलागी नलागी म बोलेँ ,” हजुरले मलाई ठूलो गुन लगाउनु भएको छ। म कसरी हजुरका लागि काम गर्दा दुखी हुन सक्छु र। तर ..” मैले आफ्नो कुरा नसक्दै उनले भने ,” तर ! तर के?” मैले भने ,” तर यति धेरै मान्छेहरुको संहार हुने सोच्दा मेरो मन कता कता चसक्क दुख्छ। यतिको मानव संहार म सहन सक्दिन जस्तो लाग्छ।” उनले भने ,” यो मानव संहार होइन। यो त अमेरिकाको अहंकार चक्नाचुर पार्ने माध्यम हो।” मैले भनिहालेँ ,” के माध्यम अरु हुन सक्दैन र ! मानव संहार नै किन? मूर्खलाई मूर्ख बनाउन पर्दैन हैन र? ” उनले भने ,” हो तिम्रा कुराहरु सही हुन्। तर जब मान्छेको आस्था र धर्ममा कुनै आँच आउँछ, मान्छे कहिल्यै पछि हट्नु हुन्न।” ” मानवको सेवा गर्नु नै मानवको धर्म होइन र? जब मानव नै रहँदैन तब धर्म पनि रहदैन नि। सेवाको भाव सबैमा हुन्छ। होला अमेरिकाका मानिसहरु धर्ममा गरिब छन् हामीले त उनीहरुलाई सहयोग पो गर्नु पर्ने त। अनि किन हामी आज आएर मानवकै नाशमा लागेका छौँ? “, मैले प्रश्न गरेँ। उनी केही बेर त बोलेनन्। अकैछिन पछि मुख खोले ,” जमाल तिमी किन आजको दिनमा आएर यस्तो कुरा गर्दै छौ? आज जब हाम्रो योजना सफल हुन लागेको छ, किन तिमी आफ्नो खुट्टा झिक्दै छौ?” मैले भने ,” आखिर अन्त्यमा नै सबैको बुद्धि आउँछ रे ! त्यही भएर होला। यो योजना सफल त होला तर मैले फेरि आँफुलाई कहिल्यै माफ गर्न सक्ने छैन।” लादेनले भने ,” के तिमी हामी सबै हेपिएको देख्न चाहन्छौं ?

हाम्रा बुढा बा आमा अनि सान छोराछोरी हेपिएको हेर्न चाहन्छौं ? यदि तिमी त्यो चाहन्छौं भने तिमिलाई हाम्रो सात पुस्ताले समेत माफ गर्ने छैन।” म दृढ हुँदै भने ,” मैले हजुरको नुन खाएको छु। नुनको सोझो म अवस्य गर्ने छु। तर म यो मानव संहारमा सहभागी भएर आफैंलाई मार्न चाहन्न। म मानव संहारका योजना फेरि रच्न सक्दिन। मलाई माफ गरिदिनुस! ” यति भने पछि म उनको पाल छोडेर गएँ। उनले के सोचे त्यो मलाई थाहा भएन। म आफ्नो पालमा आएँ अनि आफ्ना सामानहरु झोलामा राखेँ। एउटा सानो पेपरमा “नुनको सोझो गर्नेछु। ” भनेर लेखेँ अनि त्यही पालमा छोडी दिएँ। कसैले थाहा नपाउने गरि म जंगलको बाटो प्रयोग गरि भागेँ। सहर पुगे पछि थाहा भो कि लादेनको योजना सफल भएछ। मलाई नुनको सोझो भए जस्तो लाग्यो। अनि म त्यही सहरको बाटै बाटो कुद्न थाँले। आज तेह्र वर्ष भएछ मैले लादेनको समूह छाडेको। म त्यस दिन देखि लादेनबाट भागेँ, अमेरिकाबाट पनि भागेँ । म उनीहरु बाट भाग्न सफल भएँ। तर आफू बाट म कहिल्यै भाग्न सकिन।

Comments