लेखक संग ५ प्रश्न – Janakraj Sapkota

तपाईं लाई कुन नेपाली किताव सम्झिदा “यो किताब चैं मैले लेखेको भए हुन्थ्यो ” जस्तो लाग्छ ?
त्यस्ता धेरै किताब छन । आफुलाई लोभ लागेका । मैले लेख्या भए हुने भन्ने लागेको । फिक्सन भन्दा ननफिक्सन किताब धेरै छन् । मोहन मैनालीको उपल्लो थलोले पनि खुबै झकझकायो । फिक्सनमा चाही बेन्यामिनको खबुज पढदा मैले यस्तो किताब किन नलेख्या भन्ने भएको थियो । हैटीको भुकम्पमाथी जोनाथन एम केजले लेखेको पुस्तक अ विग ट्रक द्याट विन्ट वाई ले पनि मलाई लोभ लगाएको थियो ।

तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?
अमर न्यौपानेको सेतो धर्तीमाथी सिनेमा बनेको हेर्न मन छ । तर त्यो आट कसले देखाउंला ?

तपाईं लाई एक दिन को लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?
भूपी शेरचन बनेर कुनै चोकमा उभिएर उनले मेरो चोक शिर्षकमा लेखेको कविताको नयां संस्करण लेख्ने मन थियो ।

उनले लेखेका थिए,
सांघुरो गल्लीमा मेरो चोक छ
यहां के छैन ? सबथोक छ ।
असख्या रोग छ, अनन्त भोक छ
असीम शोक छ
केवल हर्ष छैन
यहां त्यसमाथी रोक छ ।
यो कविताको नयां संस्करण लेख्दा कस्तो हुन्थ्यो होला । भूपी हुन पाए यसैको नयां खण्ड लेख्थे । उही चोकमा उभिएर ।

तपाईं को “Favorite Holiday Destination” कुन हो ?
पोखरा औधी मन पर्छ । जतीपटक जादा पनि नयां लाग्ने । सौराहा घर छेउ भएर हो कि नजिकको तिर्थ हेला जस्तो हुने ।

तपाईं को लेखक बन्नु बहेक को अर्को सपना के हो /थियो ?
ठ्याक्कै सोचेजस्तो भएको हुन्थ्यो भने म लेखक हुदैनथे । न पत्रकार नै । चित्रकार बन्ने सपना बोकेर काठमाडौं छिरेको थिए । सपना बदलियो अनि बाटो पनि । रंग र कुचीहरुमा मग्न हुन्थे होला हिजोआज अक्षरहरुमा मात्रै मग्न हुन्छु ।