Nayan Raj Pandey’s Yaar to be released

Nayan Raj Pandey’s Yaar is going to be released on Saturday, January 13, 2018 at Nepal Academy, Kamaladi.

Nayan Raj Pandey has said:

निम्ता—चानचुन बीस वाक्यमा । ”यार” मेरो पहिलो गैरआख्यान किताब हो । यसअघि कथाका ३ र उपन्यास ७ वटा किताब प्रकाशित भए । कतिपय किताब तपाईँले रुचाउनु भयो, कतिपयले तपाईँलाई सोचेजस्तो सन्तुष्टि दिएनन् । जुन किताब रुचाउनु भयो, त्यसका लागि आभार । जुन चित्त बुझाउन भएन, त्यसका लागि म तपाईँहरुसित क्षमा पनि माग्दछु । सबै किताब शक्तिशाली बनुन् भन्ने मेरो प्रयास थियो । तर, कुनैमा आंशिक सफल भएँ, कुनैमा पूरै असफल भएँ । मेरो लेखनमा यतिका कमी कमजोरी हुँदा पनि तपाईँले मलाई र मेरो लेखनलाइ स्नेह गर्नु भयो । जीवनमा यो भन्दा उत्प्रेरणा दिने कुरा के नै होला र ! त्यसकोलागि तपाईँलाई अथाह धन्यवाद । यसपटक ”यार”मा मैले मेरो जीवनमा जोडिन आइपुगेका मेरा साथीहरुसितका मेरा तीतामीठा संस्मरणहरु प्रस्तुत गरेको छ । यसमा जम्मा २५ वटा संस्मरण छन्, जसमध्ये १८ वटा पहिलोपल्ट यसै किताबमा छापिएका छन् । संस्मरण अलिक आडम्बरी विधा पनि हो । इमान्दार हुन सकिएन भने पाठकलाई झुक्याउनुमात्र हुन्छ । तर, पाठकलाई झुक्याएर लेखक कतिन्जेल बाँच्ने ? त्यसैले मैले सकेसम्म ”यार”मा इमान्दार हुने प्रयास गरेको छु । त्यसैले ”यार”सित मेरा केही अपेक्षा जोडिएका छन् । ती कुराहरु म तपाईँसित विमोचनका दिन शेयर गर्न चाहन्छु । त्यसैले मनैदेखि यो निम्ता गर्दैछु । सधैँ झैँ तपाईँ काठमाण्डौमै हुनुहुन्छ र अनुकूल समय छ भने कार्यक्रममा तपाईँ अवश्य आउनु हुन्छ भन्ने विश्वास छ । तपाईँको आत्मीय उपस्थिति मेरालागि प्रेरक हुनेछ ।

Image source: Richa Bhattarai