Nepal Literature Festival

Nepal Literature Festival

Nepal Literature Festival नेपाली पाठकहरुका लागि नौलो आयाम बनेर आएको छ |

यो तीन दिने साहित्य महा कुम्भमा आउने साहित्यका अगुवाहरुको बारेमा पढेर म पनि निकै उत्साहित भए र तीनै दिन मनपर्ने कार्यक्रमहरु हुने समयमा प्रज्ञा प्रतिष्ठान तर्फ प्रस्थान गर्थे | सार्है मज्जाको कार्यक्रमहरु दिन भरि चली रहन्थ्यो | साहित्य प्रेमीलाई लालायित गर्ने कार्यक्रमहरुको लस्करै थियो | गज़ल , कविता मनपराउनेहरुका लागि रमाइलो कविता वाचन र गज़ल वाचन कार्यक्रमहरु सम्मिलित थिए | यहाँ फास्टई सकेका लेखक हरु मात्रै नभएर उम्रिदै गरेका लेखकहरुलाई पनि राम्रो मंच प्रदान गर्ने प्रावधान मिलाइएको थियो |यहाँ प्रतिष्ठित अन्तराष्ट्रिय लेखकहरुलाई पनि आमन्त्रित गरिने रैछ भनेर मैले जानकारी पाए र गएको बर्ष प्रसिद्ध लेखक शशी थरूरलाई आमंत्रित गरिएको थियो | साथै साहित्य मनपराउने र साहित्यको प्रवर्धन गर्ने सक्रिय समूहहरुलाई कार्यक्रम संचालन गर्ने व्यवस्था मिलाइएको थियो |

The Bookworm Foundation को आयोजना र Ncell द्वारा प्रायोजन गरिएको सो साहित्य मेला निकै लोकप्रिय भयोको छ |

लेखक: बिबेक मिश्र