Subin Bhattarai’s Saya is almost here

Saya by Subin Bhattarai

Subin Bhattarai’s sequel to Summer Love, Saya is almost here. Saya will be released on Bhadra 23 or September 8th.

Saya is getting quite an overwhelming response from enthusiastic readers. Saya’s Facebook page has over 3000 Likes to date plus there is a high level of engagement with the posts.

Saya’s Facebook page shared a small excerpt from the book:

ठ्याक्कै तीन बजे बज्र क्याफेको रुफटपमा पुगेँ ।
पानी रोकिएको थिएन । उस्तै
गतिमा परिरहेको थियो जस्तो अघिल्लो दिन
परेको थियो । सिमसिमभन्दा अलिक सघन । स्यार्र
होइन । छोटो दूरीमा हिँड्दा भिजाइहाल्ने
किसिमको वर्षात् थिएन । रुफटपमा दुइटा टेबल रिजर्भ
थिए । एउटामा चार–पाँच जना केटा बियर
पिइरहेका थिए । अर्को, त्यो भन्दा धेरै वर एउटी केटी,
एक्लै चुरोट पिइरहेकी थिई । म ढुक्क भएँ,
साया त्यही हो ।
मलाई देख्नासाथ ऊ परैबाट हाँसी ।
‘बस्नोस्’ ठीक आप्नो विपरीत
दिशामा भएको कुर्सीमा बस्न अनुरोध गरी । म बसेँ ।
उसलाई नियाल्नमै केन्द्रित भएँ । दुई वर्षदेखिको प्यास
। म तृप्त हुन चाहन्थेँ । मलाई लागिरहेको थियो, ऊ
एकछिनसम्म केही नबोलोस् । एकछिनसम्म वर–पर
दायाँ–बायाँ, कसैको केही हलचल या बाधा नआओस् ।
म उसलाई निरन्तर निहार्न चाहन्थेँ । आँखाभरि भर्न
चाहन्थेँ । टिलपिल टिलपिल, पोखिउन्जेलसम्म ।
छचल्किरहोस् ऊ मेरा आँखामा, जसरी छचल्किन्छ
कसैको आँखा, असीम खुसीले ।
कुर्सीमा बस्नुसँगै एउटा कुतूहलको अवसान हुन्छ ।
‘साया शाक्य’ मेरो अघिल्तिर छे । म आपैलाई
कसरी विश्वास दिलाऊँ ?
साया मरून कलरको स्लिभलेस र खैरो हाफ
पाइन्टमा थिई । उसको वेषभूषा हेर्दा लाग्थ्यो—
उसलाई पटक्कै जाडो भएको छैन । एकनासले
धुवाँ फालिरहेकी । कपाल चाहिँ गर्धनसम्म मात्र
झरेको । दायाँ पाखुरामा एउटा अमूर्त टाटु
खोपेकी थिई ।
समग्रमा बिछट्ट राम्री । यस्ती साया देखेर किन
भुतुक्क नहोस् त अतीत शर्मा ? किन त्यसरी नपछ्याओस्
नर्वेसम्म ? किन नरोओस् उसलाई एकाएक गुमाउनुपर्दा ?
सब कुरा सायालाई एक झल्को देख्नासाथ छर्लङ्ग
भइरहेछ ।
‘किन रुफटपमा बसेकी, यस्तो झरीमा ?’ सिलसिला मैले
नै सुरू गरेँ । यो प्रश्न आवश्यक र स्वाभाविक नै
पनि थियो । भलै ऊ भिजिरहेकी अवस्थामा थिइन ।
ठूलो छाताले टेबल र त्यस
वरिपरिको स्यानो संसारलाई आवश्यक सुरक्षा प्रदान
गरिरहको थियो । एकपटक वरपर
नियालिसकेपछि थाहा पाएँ ।
नसोधेकै भए पनि हुन्थ्यो कि !
सोधिसकेपछि यस्तो लाग्यो ।
तर उसले पनि उत्तर नदिएकै भए हुन्थ्यो । दिई । भनी,
‘नर्वेमा उज्यालोको मुख नै ठीकसँग कहाँ देख्न पाइन्छ
र ? काठमाडौं बसुन्जेल त धीत मार्नु पयो नि !’
म हाँसेँ । एउटा फर्मल हाँसो । मन नलागी नलागी ।
उसको कुरामा रूचि देखाइरहेको छु भन्ने आभास दिलाउन

‘के खानुहुन्छ ?’ उसले मेनु मतिर सारिदिई । पछिल्तिर
वेटर आएर ठिङ्ग उभिएको रैछ ।
केही खाइहालूँको स्थिति थिएन । नखाई बस्न मनले
मानेन । कफी र चुरोट नै मगाएँ ।
‘चुरोट चैं दुइटै ल्याउनुस् ।’ मैले बोलिसकेपछि सायाले
वेटरलाई भनी ।
‘एउटै चुरोट खाऊँ न, आत्मीयता बढ्छ ।’ मलाई भन्न मन
लागेको थियो । तर भनिनँ । आत्मीयता बढाउन मन
थियो । तर भन्न मन भएन । हैन सकिनँ । भन्न मिल्ने
कुरो पनि त थिएन ।
‘मलाई कत्तिको खोज्नू भो त ?’ एकछिनसम्म विद्यमान
सन्नाटालाई उसले बिथोली ।
‘हँ’, सन्नाटामा अभ्यस्त भइसकेको हुँदो हुँ, उसको प्रश्नले
तर्सिएँ । भनेँ, ‘खोजी हराएको मान्छेको गरिन्छ,
लुकेको मान्छेको होइन ।’
यो मैले हाँस्दै भनेको थिएँ । सिरियस्ली भनेको भए
सायद रिसाउँथी भन्ठानेर ।
‘के रे ?’ आँखीभौं ह्वात्तै मास्तिर सारेर धेरै
पहिल्यैदेखिको परिचतलाईभै भनी, ‘यो आरोप
हो कि व्यङ्गय ?’
‘जे सम्झिँदा कम रिसाउँछ्यौ ।’
ऊ मुस्कुराई । मलाई ऊ मुस्कुराएको साह्रै मन पयो ।
‘बढी रिसाउन प्रतिबन्ध छ र ?’ मुस्कुराहट कायम गर्दै
भनी ।
‘तिम्रो पर्सनल रिस हो’, मैले भनेँ, ‘मात्रा अड्कलेर
रिसाउन सक्छ्यौ । यत्ति चैं हो, त्यो रिसले मलाई
केही असर नगरोस् ।’
‘रिसको कारण तपाईं बन्ने, अनि रिसाउनु चैं आप्mनै
लागि ? यो कहाँको न्याय ?’ हरेक कुराको तर्र्क गर्छे
ऊ । केही बेरको यापिड फायर संवादपछि म
पुनः पुरानै कुरामा गाँसिन चाहेँ । भनेँ, ‘तिमी मैले
चाहेको बेलामा किन भेटिइनौ साया ?’
‘तपाईंलाई खोज्न आउँदो रहेनछ उसो भए ।’
केही बेरमा यसो भनी ।
‘कसरी खोज्नुपथ्र्यो र ?’ मेरो प्रश्न ।
‘त्यो त तपाईंको प्रतिबद्धता थियो नि, मलाई किन
सोध्नुहुन्छ ।’ बसिरहेको मेचमा अलिकति हलचल गरेर
आप्नो बसाइँ मिलाउँदै गर्ने क्रममा भनी, ‘हेर्नुस् त
प्रतिबद्धता तपाईंले
गर्नुभएको थियो आप्mनो पुस्तकमा, भेटिइदिएँ म आपै
। कति सजिलो बनाइदिएँ ।’
‘साँच्ची मेरो फोन नम्बर कसरी पायौ ?’
‘जसरी तपाईंका अरु प्रशंसकहरु पाउँछन् ।’
टेबलमा दुइटा चुरोट । पहिला मैले सल्काएँ ।
अनि बलिरहेको सलाईको काँटी उसको मुख नजिकै लगेर
चुरोट सल्काउनलाई सहयोग गरेँ । पहिलो सर्को लिएर
धुवाँ हावामा फाली ।

Saya excerpt from Saya’s Facebook page
Image source: Bookworm website